close

नागरिक एप पनि बिहानैदेखि डाउन

टेकपाना टेकपाना

बैशाख ५, २०८२ १४:४१

नागरिक एप पनि बिहानैदेखि डाउन

काठमाडौँ । शुक्रबार बिहानैदेखि नागरिक एप समेत डाउन रहेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको विद्युत् आपूर्ति प्रणालीमा खराबी आउँदा बिहान ८ बजेदेखि नै विभिन्न सरकारी साइटसँगै नागरिक एपको सेवा समेत प्रभावित बनेको हो ।

नागरिक एपमा एक अधिकारीले एकीकृत डेटा सेन्टरको रूपमा रहेको केन्द्रकै विद्युत् आपूर्ति प्रभावित हुँदा नागरिक एप समेत नचलेको बताए । केन्द्रले आफ्नो विद्युत् प्रणाली अन्तर्गतको लो भोल्टेज प्यानलको अटोमेटिक ट्रान्सफर स्विच (एटीएस) मा समस्या सिर्जना हुँदा विद्युत् आपूर्तिमा व्यवधान आएको उल्लेख गरेको छ ।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्माले विद्युत् आपूर्तिको समस्या समाधान भइसकेको र सरकारी सिस्टम तथा साइटहरू नियमित रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताएका छन् । 

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १४:४१