close

गुडिरहेको बोलेरोमा विद्युतीय तार खस्दा चार जनाको मृत्यु

टेकपाना टेकपाना

बैशाख ८, २०८२ १३:५७

गुडिरहेको बोलेरोमा विद्युतीय तार खस्दा चार जनाको मृत्यु

 

काठमाडौँ । ताप्लेजुङमा गुडिरहेको बोलेरो गाडीमा विद्युत् प्रवाह भइरहेको तार खसेर आगो लाग्दा चार जनाको मृत्यु भएको छ । पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको मे १ च ३०११ नम्बरको बोलेरो सोमबार बिहान ५:०० बजे फुङलिङ नगरपालिका १० सेवारो चोक पुगेको थियो । त्यहाँ गुडिरहेको बेलामा नै बिजुलीको पोलबाट बोलेरोको छतमा तार खसेर आगलागी भएको बताइएको छ ।

दुर्घटनामा परेर चार जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । गाडीमा ६ जना सवार थिए । मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० का सवारी चालक ४५ वर्षीय दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीय आध्या आचार्य, झापाका ६९ वर्षीय सरिता पौडेल र ७० वर्षीय विनोद पौडेल रहेका छन् । मृतकहरूको शव जिल्ला अस्पताल ताप्लेजुङमा राखिएको छ ।

यस्तै बोलेरोमा सवार ललितपुरकी ४५ वर्षीय सबिना आचार्य र १० वर्षीय अभियम आचार्यलाई उपचारका लागि अन्नपूर्ण हेलिकोप्टरमार्फत काठमाडौँको ह्याम्स हस्पिटलमा पठाइएको उनले जानकारी दिए । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १३:५७