काठमाडौँ । डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक कम्पनी माई पेको एन्ड्रोइड एप १० लाखभन्दा बढी पल्ट डाउनलोड भएको छ । सीमित वालेटहरू कम्पनीहरू स्थापित भइरहेको बेला माई पेले यो महत्त्वपूर्ण उपलब्धी हात पारेको हो । अन्य डिजिटल वालेटहरूमा ईसेवा सबैभन्दा बढी डाउनलोड हुने एप हो, जसको डाउनलोड गुगल प्ले स्टोरमा मात्रै एक करोडभन्दा बढी छ । त्यस्तै खल्तीको डाउनलोड ५० लाख बढी रहेको छ ।
यस बाहेक आईएमई पे समेत प्ले स्टोरमा १० लाखभन्दा बढी पटक डाउनलोड भएको छ । अन्य एपहरूको डाउनलोड अपेक्षित रूपमा बढ्न नसकिरहेको बेला ईसेवा, खल्ती र आईएमई पे पछि १० लाख डाउनलोडको आँकडा पुरा गर्ने चौथो एपको रूपमा माई पे अगाडि आएको हो ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हाल २५ ओटा भुक्तानी सेवा प्रदायक कम्पनीहरू अस्तित्वमा रहेका छन् । स्मार्ट कार्ड नेपाल प्रालिले २०७६ देखि सञ्चालनमा ल्याएको माई पे त्यस मध्येको ए डिजिटल वालेट एप हो ।