काठमाडौं । डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकलाई लक्षित गर्दै ‘नयाँ बर्षको कनेक्सन अफर’ सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत, १००, २०० र ३०० एमबीपीएसका वार्षिक तथा २४ महिने प्याकेजहरूमा थप तीन महिना बोनसको सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै, ग्राहकले डिशहोम ईन्टरनेट वार्षिक जडानमा निःशुल्क फाइभ–जी राउटर पनि प्राप्त गर्ने कम्पनीको भनाइ छ ।
डिशहोम इन्टरनेटको सय एमबीपीएस वार्षिक जडानको (राउटर तथा भ्याट सहित) मूल्य रु आठ हजार पाँच सय, दुई सय एमबीपीएस वार्षिक जडानको (राउटर तथा भ्याटसहित) रु. ११ हजार पाँच सय र तीन सय एमबीपीएस वार्षिक जडानको (राउटर तथा भ्याटसहित) रु. १३ हजार पाँच सय रुपैयाँ रहेको छ ।
यो अफर नयाँ र पुराना ग्राहकका लागि समान रूपमा उपलब्ध हुने बताइएको छ । पुराना ग्राहकले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यस अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।