काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नेकपा (एमाले)का सांसद रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई नियुक्त गरेका हुन् ।
विद्या भट्टराईले सोमबार शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि ओलीले पन्तलाई उक्त जिम्मेवारी दिएका हुन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।