close

फेसबुकमा हातहतियार देखाउँदै आतंक फैलाएको आरोपमा २ जना पक्राउ

टेकपाना टेकपाना

बैशाख ११, २०८२ १८:५३

फेसबुकमा हातहतियार देखाउँदै आतंक फैलाएको आरोपमा २ जना पक्राउ

काठमाडौँ । फेसबुकमा हातहतियार प्रदर्शन गर्दै समाजमा डर त्रास फैलाएको आरोपमा कपिलवस्तुका दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका-३ असैरनाका २१ वर्षीय दुर्गेश यादव र वडा नं. ४ का २५ वर्षीय अनिल कुमार कहार रहेका छन् ।

फेसबुकमा हातहतियार प्रदर्शन गरेको फोटो र भिडिओ सार्वजनिक गरेको सूचनाका आधारमा लवनीस्थित प्रहरी चौकीबाट खटिएको टोलीले उनीहरूलाई घरैबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनामाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट सात दिनको म्याद थप गराएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १८:५८