काठमाडौँ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइड नै डाउन भएको छ । आइतबार बिहानैदेखि उक्त वेबसाइड डाउन भए पनि त्यसको कारण भने खुल्न सकेको छैन ।
यसरी वेबसाइड डाउन हुनुमा आन्तरिक कारण वा साइबर आक्रमण जे पनि हुनसक्ने अनुमान गरिएको छ । तर नियामक प्राधिकरणका प्रवक्ता र सहायक प्रवक्तासँग भने यस विषयमा कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकिरहेको छैन । स्रोतले वेबसाइट बन्द हुनुको कारण प्राधिकरण स्वयंलाई नै थाहा नभएको बताएको छ ।
बाहिरबाट हेर्दा सर्भर डाउन भएका कारण नियामकको एनटीए डट जीओभी डट एनपी वेबसाइड खुल्न नसकेको देखिन्छ । साइट खोलदा यूआरएलमा '403 Forbidden' देखिन्छ भने तलपट्टि 'Forbidden' मुनी 'You don't have to permission to accss / on this server.' चेतावनी देखिने गरेको छ ।
सरकारले विभिन्न वेबसाइटहरू बन्द गराउँदा यही नियामक निकायमार्फत इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिने गरिएको हुन्छ ।
#अपडेटः ११ः४० बजेदेखि भने प्राधिकरणको वेबसाइट खुल्न थालेको छ ।