close

साना तथा मझौला व्यवसायहरूका लागि प्रविधि केन्द्रित ओडू बिजनेस शो हुँदै, प्रवेश निःशुल्क

टेकपाना टेकपाना

बैशाख १६, २०८२ २१:१६

साना तथा मझौला व्यवसायहरूका लागि प्रविधि केन्द्रित ओडू बिजनेस शो हुँदै, प्रवेश निःशुल्क

काठमाडौँ । आउँदो १२ जुन २०२५ अर्थात् २९ जेठ २०८२ का दिन राजधानीस्थित होटेल याक एन्ड यतिमा प्रविधि केन्द्रित ओडू बिजनेस शो हुने भएको छ । साना तथा मझौला (एसएमई) उद्यम तथा व्यवसायहरूलाई लक्षित गर्दै यस्तो इभेन्ट आयोजना गर्न लागिएको हो । 

निःशुल्क रूपमा सहभागी हुन सकिने उक्त कार्यक्रममा लाइभ स्टेज डेमो, लोकल पार्टनरको इन्साइट्स, १-अन-१ कन्सल्टेसन, इन्टर्‍याक्टिभ ओडू बुथ आदि रहने आयोजकले जनाएको छ । ईआरपी सफ्टवेयर प्रदायक कम्पनी ओडूको आयोजनामा हुने यो कार्यक्रम दिउँसो १ः३० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । 

यो कार्यक्रम सहभागीहरूका लागि ओडूका मुख्य फिचर, ओडू १८ अपडेटबारे जानकारी पाउनुका साथै प्रविधि प्रेमीहरूसँग नेटवर्किङको अवसर समेत हुनेछ । म्यानुफ्याक्चरिङ, अकाउन्टिङ, इन्भेन्टरी म्यानेजमेन्ट, सेल्स/सीआरएम र ईकमर्स लगायतका विषय वस्तु यसमा समेटिने बताइएको छ । कार्यक्रमको  विषयमा थप जानकारी लिन वा सहभागी हुन चाहनु हुन्छ भने यहाँ क्लिक गर्न सक्नु हुनेछ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ २१:१६