काठमाडौं । सरकारले नागरिक एपमा बाल हेल्पलाइन सेवा थप गर्ने भएको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले नागरिक एपलाई थप प्रभावकारी बनाउन यो सेवा थप गर्ने बताएका हुन् ।
“बाल हेल्पलाइन सेवालाई नागरिक एपसँग जोडिनेछ,” राष्ट्रपति पौडेलले बताए ।