काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी अधिकारी चयन भएका छन् । महासंघको कार्यसमितिको बैठकले ६ जना उपाध्यक्षहरूमध्येबाट अधिकारीलाई सर्वसम्मतिमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी दिएको हो ।
क्यानको विधानअनुसार उपाध्यक्षहरूमध्ये एक जनालाई कार्यसमितिले वरिष्ठ उपाध्यक्षमा चयन गर्ने व्यवस्था छ ।
अधिकारी करिब २१ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा क्रियाशील छन् । उनले साइबर सुरक्षा, नेटवर्किङ, सूचना सुरक्षा व्यवस्थापन र कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा काम गर्दै आएका छन् ।
यस्तै, कार्यसमितिको बैठकले कोशी प्रदेशबाट ठाकुरकुमार श्रेष्ठ, लुम्बिनी प्रदेशबाट नारायण श्रेष्ठ, संस्थागत समूहबाट केशव भट्टराई र व्यक्तिगत समूहबाट दिपेन्द्र पौडेललाई सचिवमा चयन गरेको छ ।
गत २०८१ सालको पुस महिनामा सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा क्यान महासंघको नयाँ कार्यसमिति चयन गरिएको थियो ।
पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ ९:७
