काठमाडौं । प्रोग्रामिङ शिक्षा प्रदान गर्दै आएको ‘मेरो कोडिङ क्लास’ले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका लागि एआई र पाइथन प्रोग्रामिङ सम्बन्धी नयाँ प्रशिक्षण कार्यक्रम ल्याएको छ । कम्पनीले १८ जेठदेखि नयाँ कक्षा सञ्चालन गर्न लागेको हो ।
यस कोर्सलाई ‘मेरो कोडिङ्स प्रो लेभल’ नाम दिइएको छ । प्रशिक्षणमा सहभागी विद्यार्थीले एआई र पाइथनका साथै मसिन लर्निङ, डिप लर्निङजस्ता विषयमा गहन ज्ञान हासिल गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार कोर्समा सहभागीलाई आईटी कम्पनीका विज्ञबाट मेन्टरशिपको अवसर प्रदान गरिनुका साथै इन्टर्नशिपका लागि समेत तयारी गराइनेछ । यस बाहेक कोर्स पूरा गरेपछि विद्यार्थीलाई विभिन्न प्रोग्रामिङ प्रतियोगितामा सहभागी गराइने र ३० भन्दा बढी एआई प्रोजेक्टमा काम गर्ने अवसर दिइने छ ।
दुई महिनासम्म सञ्चालन हुने यस कोर्सको कुल शुल्क २५ हजार रुपैयाँ निर्धारण गरिएको छ । यद्यपि सुरुवाती ३० विद्यार्थीले २० प्रतिशत अर्थात् पाँच हजार रुपैयाँ छुट पाउनेछन् । यसबारे थप बुझ्न तथा आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।