close

काठमाडौँको सडकमा साझा यातायातका थप १०० विद्युतीय बस गुड्ने

टेकपाना टेकपाना

जेठ १५, २०८२ १७:२०

काठमाडौँको सडकमा साझा यातायातका थप १०० विद्युतीय बस गुड्ने

काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराउने भएको छ । बिहीबार बजेट कार्यक्रम प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले साझा यातायातमा विद्युतीय बस थप गरिने जानकारी दिएका हुन् ।

“काठमाडौँ उपत्यकाको यातायात व्यवस्थालाई वातावरणमैत्री बनाउन साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराइनेछ,” उनले भने ।

यस्तै, सवारी प्रदूषण मापनका लागि आधुनिक प्रविधिको उपयोग गरिने पनि उनले जानकारी गराए ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १७:२१