close

पोखरा इन्टरनेटको अफर, ५ जना साथीलाई रिफर गर्दा वर्षैभर इन्टरनेट सेवा निःशुल्क

टेकपाना टेकपाना

जेठ २५, २०८२ ९:१८

पोखरा इन्टरनेटको अफर, ५ जना साथीलाई रिफर गर्दा वर्षैभर इन्टरनेट सेवा निःशुल्क

 

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी पोखरा इन्टरनेटले ‘साथी सिफारिस अफर’ सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ योजनाअनुसार साथीलाई रिफर (सिफारिस) गर्दा प्रयोगकर्ताले निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीकी मार्केटिङ एसिस्टेन्ट दीपा दुलालका अनुसार एक जना साथीलाई सिफारिस गरेमा दुई महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गरिनेछ । यस्तै, पाँच जना साथीलाई सिफारिस गरेमा ग्राहकले पूरै एक वर्षसम्म निःशुल्क इन्टरनेट सेवा पाउनेछन् ।

पोखरामा स्थापना भएको कम्पनीले गण्डकी प्रदेशलाई मुख्य बजार बनाई इन्टरनेट सेवा विस्तार गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ ९:१८