close

एससीटी-यूपीआई कार्डमार्फत भुक्तानी गर्दा आइमई हस्पिटालिटीका होटलहरूमा १५ प्रतिशत छुट

टेकपाना टेकपाना

जेठ २८, २०८२ १५:४१

एससीटी-यूपीआई कार्डमार्फत भुक्तानी गर्दा आइमई हस्पिटालिटीका होटलहरूमा १५ प्रतिशत छुट

काठमाडौँ । एससीटी-यूपीआई कार्ड प्रयोग गरेर भुक्तानी गर्ने ग्राहकलाई आइएमई हस्पिटालिटी अन्तर्गतका होटलहरूमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराइने भएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र आइएमई हस्पिटालिटीबिच भएको साझेदारी अनुसार  एससीटी-यूपीआई कार्ड प्रयोगकर्ताले यही १ असारदेखि १५ पुससम्म छुटको लाभ लिन सक्नेछन् ।

छुटको व्यवस्था लाजिम्पाटस्थित ‘ले हिमालय’ र ‘साके एन्ड फेंग’ तथा पोखराको ‘लेकसाइड रिट्रिट’ होटलमा लागु हुनेछ । कार्ड प्रयोग गरी गरिएको फुड एन्ड बेभेरेज भुक्तानीमा तथा रुम शुल्क (पोस कारोबारमा मात्र) मा छुट पाइने बताइएको छ ।

एससीटी-यूपीआई कार्ड हाल २१ बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत जारी हुँदै आएको छ । यस अफरमार्फत डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र कार्डको प्रयोग बढाउने लक्ष्य राखिएको छ ।

एससीटी-यूपीआईI कार्ड नभएका ग्राहकले पनि नजिकको बैंक वा वित्तीय संस्थामा सम्पर्क गरेर कार्ड प्राप्त गर्न सक्नेछन् । 

 

पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ १५:४१