काठमाडौँ । के तपाईँ आफ्नो अनलाइन व्यवसाय वा ई-कमर्स व्यवसाय छिटो अनि प्रभावकारी ढङ्गले अगाडि बढाउन चाहनु हुन्छ ? अर्डर लिनेदेखि डेलिभरीसम्मको काम म्यानुअल्ली एक एक गरी गर्दा ढिलाई भएर ग्राहकहरू तपाईँको सेवाबाट असन्तुष्ट भइरहेका पो छन् कि ?
अब चिन्ता नगर्नुहोस्, यिनै समस्याहरूलाई नै समाधान गर्न ईआरपी सफ्टवेयर ओडूमा पाउन सक्नुहुन्छ अटोमेसन इन ई-कमर्स (Automation in ecommerce) । जसमा तपाईँले अर्डर र डेलिभरी दुवैको अटोमेसन सुविधा पाउन सक्नुहुन्छ ।
यसबाट अनलाइन व्यवसायलाई पूर्ण रूपमा स्वचालित गरेर सजिलो, छरितो र स्मार्ट बनाउन सकिन्छ, अर्थात् सबै कुरा स्वचालित हुन्छ । ग्राहकले ओडू पावर्ड स्टोर (Odoo powered store) बाट अर्डर गरेपछि तपाईँको सेल्स अर्डर, उपलब्ध स्टकदेखि लिएर डेलिभरी प्रोसेस ढिलाई बिना नै सुरु हुन्छ ।
यो प्रणालीमा क्याश अन डेलिभरी (Cash on Delivery-COD) छनोट गर्ने ग्राहकको भुक्तानी नभएसम्म पेन्डिङको रूपमा राखिन्छ र भुक्तानी प्राप्त भएको पुष्टि भएपछि बैँक खातामा मिलान गरिन्छ । जसले गर्दा तपाईँको अकाउन्टिङ, आम्दानी लगायत सबै महत्त्वपूर्ण कुराहरू यथार्थ परक रूपमा ट्य्राक हुन्छन् ।
यति मात्रै होइन, ग्राहकको बिल सोझै ग्राहकको ई-मेलमा जान्छ र तपाईँको अकाउन्टिङ सिस्टममा स्वतः रेकर्ड भएर बस्छ । त्यसैले म्यानुअल काम बिना नै कम्पनीले मानव संसाधन तर्फको अतिरिक्त खर्च जोगाउन सक्छन् ।
यसरी तपाईँले स्मार्ट तरिकाले ओडूको ई-कमर्स अटोमेसन प्रणालीबाट आफ्नो व्यवसाय सञ्चालन गर्नु भयो भने प्रभावकारी रूपमा काम हुनुका साथै समय बचत हुन्छ । यति मात्र होइन, मानवीय त्रुटिबाट जोगिनुका साथै ग्राहकको सन्तुष्टि समेत बढाउन सघाउँछ । यसरी अन्ततः तपाईँको व्यवसायलाई नै फाइदा पुग्छ । यो सेवा ओडूको स्थानीय साझेदार कम्पनीले नेपालमा उपलब्ध गराउँदै आएको छ ।