तिलोत्तमामा खुल्यो देशकै सबैभन्दा ‘ठुलो’ ईभी चार्जिङ स्टेसन, एकैपटक १४ ईभी चार्ज गर्न मिल्ने
असार ३१, २०८२ १५:४५
काठमाडौँ । शाशिला मोटर्स प्रालिले बुटवलको तिलोत्तमामा चार्जिङ स्टेसन स्थापना गरेको छ । १४ ओटा विद्युतीय सवारी एकैपटक चार्ज गर्न मिल्ने यो चार्जिङ स्टेसन देशकै सबैभन्दा ‘ठुलो’ भएको दाबी गरिएको छ ।
एक कार्यक्रमबिच २९ असारमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बालकृष्ण खाँणले चार्जिङ स्टेसन उद्घाटन गरे ।
कम्पनीका महाप्रबन्धक सन्तोष खतिवडाका अनुसार यो स्टेसन १००० केभीए क्षमताको छ । प्रयोगकर्तालाई स्मार्ट चार्जिङ अनुभव दिनेगरी देशकै ठुलो ईभी चार्जिङ स्टेसन सञ्चालमा ल्याइएको उनले दाबी गरे ।
पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १९:२२
