close

ह्वाट्सएप, भाइबरबाट अर्डर लिएर नक्कली कागजात बनाउने प्रहरीको फन्दामा

टेकपाना टेकपाना

साउन २, २०८२ १९:४९

ह्वाट्सएप, भाइबरबाट अर्डर लिएर नक्कली कागजात बनाउने प्रहरीको फन्दामा

काठमाडौँ । ह्वाट्सएप, भाइबरसहितका सामाजिक सञ्जालबाट अर्डर लिएर नक्कली सरकारी कागजात र बैंक स्टेटमेन्ट बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

किर्ते गरेको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले काठमाडौंबाट ५२ वर्षका सफराज खड्कालाई पक्राउ गरेको हो। प्रहरीले खड्का बस्ने गरेको कोठाबाट विभिन्न प्रमाणसहित पक्राउ गरेको छ। 

प्रारम्भिक अनुसन्धानका क्रममा खड्काले विगत २ वर्षदेखि आफ्नै निजी पसलमा विभिन्न शैक्षिक संस्था, सरकारी कार्यालय (मालपोत, नापी, नगरपालिका, वडा कार्यालय, प्रहरी कार्यालय, कर कार्यालय, काठमाडौं जिल्ला अदालत) तथा राजनीतिक पार्टीहरुको नक्कली छाप, लेटरप्याड बनाउने गरेको भेटिएको छ।

यस्तै, बैंक तथा वित्तीय संस्थाको लेटर प्याड, बैंकिङ कारोबारको विवरण र नक्कली रबर स्ट्याम्प समेत तयार गर्ने गरेको आरोप प्रहरीको छ।

प्रहरीले खड्काविरुद्ध लिखत सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिएर थप अनुसन्धान गरिरहेको छ। 

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १९:२५