डिशहोमको ‘खुशीको बोनस’, हरेक हप्ता १४ ग्राहकले एक वर्षसम्म सित्तैमा इन्टरनेट पाउने
साउन ६, २०८२ १४:३०
काठमाडौँ । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकका लागि ‘खुशीको बोनस’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत वार्षिक इन्टरनेट जडान वा नवीकरण गर्ने ग्राहकमध्येबाट हरेक हप्ता १४ विजेताले ३६५ दिन अर्थात् एक वर्षसम्म निःशुल्क इन्टरनेट सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार, साप्ताहिक लक्की-ड्र मार्फत छनोट हुने १४ विजेतामध्ये १० जना नयाँ वार्षिक जडान गर्ने ग्राहक र चार जना वार्षिक नवीकरण गर्ने पुराना ग्राहक हुनेछन् । ग्राहकहरूसँगको सम्बन्धलाई थप बलियो बनाउन र उनीहरूको निरन्तर समर्थनप्रति कृतज्ञता व्यक्त गर्न यो योजना ल्याइएको डिशहोमले जनाएको छ ।
विजेताको घोषणा हरेक हप्ता शुक्रबार साँझ ५ बजे डिशहोमको आधिकारिक फेसबुक पेज र रमाइलो एचडी च्यानलमार्फत गरिनेछ । यदि कुनै कारणवश शुक्रबार घोषणा हुन नसकेमा आइतबार सोही समयमा विजेता घोषणा गरिने कम्पनीले बताएको छ ।
यस योजनामा सहभागी हुन नयाँ ग्राहकले नजिकको डिशहोम डिलर वा फोन नम्बर ०१-५९७०३६५ मा सम्पर्क गर्नुपर्नेछ । पुराना ग्राहकले भने खल्ती, इसेवा वा माईडिशहोम एपमार्फत आफ्नो वार्षिक प्याकेज नवीकरण गरी लक्की-ड्रमा सहभागी हुन सक्नेछन् ।
कम्पनीका अनुसार हाल उपलब्ध वार्षिक प्याकेजको मूल्य (भ्याट सहित) क्रमश: १०० एमबीपीएसको आठ हजार ५०० रुपैयाँ, २०० एमबीपीएसको ११ हजार ५०० रुपैयाँ र ३०० एमबीपीएसको १३ हजार ५५० रुपैयाँ तोकिएको छ ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ १४:३१
