close

यसरी बनाउनुहोस् एप्पलको लोगो भएको वालपेपर

टेकपाना टेकपाना

साउन १२, २०८२ १०:२

यसरी बनाउनुहोस् एप्पलको लोगो भएको वालपेपर

काठमाडौँ । एप्पलले आफ्नो लोगो सहितको वालपेपर आफैँ बनाउने सुविधा प्रयोगकर्तालाई दिन थालेको छ । तपाईँ एप्पलको आधिकारिक वेबसाइटमा गएर यस्तो वालपेपर बनाउन सक्नुहुन्छ । 

त्यहाँ पहिले नै तयार पारिएका केही वालपेपरहरू डाउनलोड गर्ने सुविधाका साथै आफूलाई मनपर्ने रङहरू मिलाएर नयाँ वालपेपर बनाउने विकल्प पनि दिइएको छ ।

कसरी वालपेपर बनाउने र डाउनलोड गर्ने ?

१. सबैभन्दा पहिले यहाँ क्लिक गरेर एप्पलको वेबसाइट पेजमा जानुहोस् र ‘गेट स्टार्टेड’ (Get Started) मा ट्याप गर्नुहोस् । त्यसपछि तपाईँले ‘ग्यालरी’ (Gallery) र ‘कस्टम’ (Custom) गरी दुई विकल्प देख्नु हुनेछ ।

२. ‘ग्यालरी’ सेक्सनमा तपाईँले बैजनी, गुलाबी, रातो, हरियो र निलो रङमा तयार पारिएका पाँच ओटा वालपेपरहरू पाउनु हुनेछ । यहाँबाट आफूलाई मन परेको वालपेपर सिधै डाउनलोड गरी आफ्नो डिभाइसमा राख्न सक्नुहुन्छ ।

३. यदि तपाईँ आफ्नै डिजाइन बनाउन चाहनुहुन्छ भने, ‘कस्टम’ (Custom) विकल्प छान्नुहोस् । यहाँ तपाईँले निलो, हरियो, रातो, गुलाबी र बैजनी जस्ता विभिन्न रङहरूमा एप्पलको लोगो छनोट गर्न सक्नुहुन्छ र त्यसको ब्याकग्राउन्डमा अर्कै रङ राख्न सक्नुहुन्छ । उदाहरणका लागि, यदि तपाईँले रातो रङको एप्पल लोगो रोज्नुभयो भने, त्यसको ब्याकग्राउन्डमा हरियो, पहेँलो वा निलो रङ मिलाउन सक्नुहुन्छ ।

४. आफ्नो रोजाइको रङ संयोजन गरिसकेपछि ‘डाउनलोड’ (Download) बटनमा ट्याप गर्नुहोस् । यसो गर्दा वालपेपरको एक जेपीईजी (JPEG) फाइल तपाईँको कम्प्युटर वा मोबाइलमा सेभ हुनेछ । त्यसपछि उक्त फाइललाई आफ्नो डिभाइसमा वालपेपरको रूपमा सेट गर्न सक्नुहुन्छ ।

 

पछिल्लो अध्यावधिक: साउन १२, २०८२ १०:२