close

कक्षा १२ को नतिजा चित्त नबुझे यसरी दिनुहोस् रिटोटलिङका लागि आवेदन

टेकपाना टेकपाना

साउन २०, २०८२ १६:१४

कक्षा १२ को नतिजा चित्त नबुझे यसरी दिनुहोस् रिटोटलिङका लागि आवेदन

काठमाडौँ । सोमबार सार्वजनिक भएको कक्षा १२ को नतिजामा चित्त नबुझेका विद्यार्थीले पुनर्योग (रिटोटलिङ) का लागि आवेदन दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार दिउँसो एक बजेबाट रिटोटलिङका लागि आवेदन खुलाएको हो ।

आफ्नो नतिजामा चित्त नबुझेका विद्यार्थीले अनलाइनबाट २९ साउन साँझ ५ बजेसम्ममा आवेदन दिन सक्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नतिजा रिटोटलिङ गर्न चाहने विद्यार्थीहरूले बोर्डको वेबसाइटबाट अनलाइन भुक्तानी गरेर आवेदन दिन सक्नेछन् । 

यसरी दिनुहोस् रिटोटलिङका लागि आवेदन:

१. यसका लागि सबैभन्दा पहिला neb.gov.np खोल्नुहोस् । 

२. त्यसपछि Online payment (Retotaling) मा जानुहोस् । वा सिधै यहाँ क्लिक गर्नुहोस् ।

३. त्यसपछि स्टुडेन्ट पोर्टलमा गएर सिम्बोल नम्बर र जन्ममिति राखेर सर्च गर्नुहोस् । 

४. अब कुन विषयमा रिटोटल गर्ने हो सो विषयको अगाडि ठीक चिन्ह लगाउनुहोस् ।

५. त्यसपछि ईसेवा, खल्ती लगायतका मोबाइल वालेटबाट भुक्तानी गर्नुहोस् । पुनर्योगका लागि प्रति विषय पाँच सय रुपैयाँ तोकिएको छ । 

६. अन्तिममा प्राप्त हुने कन्फर्मेसन म्यासेजलाई सेभ गरेर राख्नुहोस् । बोर्डले रिटोटलिङको नतिजा सार्वजनिक गरेपछि वेबसाइटबाट नै नतिजा हेर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: साउन २०, २०८२ १६:१४