close

डिजिटल भुक्तानीलाई टेवा दिन भिसाले नेपालमा स्थापना गर्‍यो कार्यालय

टेकपाना टेकपाना

साउन २१, २०८२ १३:२०

डिजिटल भुक्तानीलाई टेवा दिन भिसाले नेपालमा स्थापना गर्‍यो कार्यालय

काठमाडौँ । डिजिटल भुक्तानीमा प्रख्यात भिसा (एनवाईएसई : भी) ले नेपालमा औपचारिक रूपमा कार्यालय खोलेको छ । 

काठमाडौँमा भिसाको नेपाल कार्यालय खोल्नु नगदरहित अर्थतन्त्रतर्फको यात्रालाई समर्थन गर्ने कम्पनीको दीर्घकालीन प्रतिबद्धता भएको कम्पनीले जनाएको छ । यो रणनीतिक कदमले डिजिटल भुक्तानीको पहुँच फराकिलो पार्ने र उपभोक्ता र व्यापारी दुवैका लागि निर्बाध, सुरक्षित वित्तीय समाधानहरू प्रदान गर्ने लक्ष्य राखिएको भिसाको भनाइ छ ।

यसका साथै, भिसाले नेपाल प्रमुखको रूपमा मनोज थापालाई नियुक्त गरेको छ । थापाले भिसाको बङ्गलादेश, नेपाल र भुटानका लागि कन्ट्री म्यानेजर सब्बीर अहमदलाई रिपोर्ट गर्ने छन् ।

“हामी काठमाडौँमा कार्यालयको साथ नेपालमा भिसाको उपस्थिति घोषणा गर्न पाउँदा उत्साहित छौँ । भिसाको नेतृत्व टोलीमा मनोजलाई स्वागत गर्न पाउँदा म पनि खुसी छु । उहाँको नियुक्तिले भिसाको प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ । सुरक्षित र सुलभ डिजिटल भुक्तानी पूर्वाधार निर्माण गर्ने भिसाको विश्वव्यापी दृष्टिकोणलाई रणनीतिक रूपमा अगाडि बढाउन सहयोग पुग्नेछ,” अहमदले भने ।

थापाले फोनपेमा साझेदारी र नवप्रवर्तन प्रमुखको रूपमा काम गरेको अनुभव छ । जहाँ उनले सीमापार भुक्तानीका लागि नेतृत्वदायी भूमिका खेलेको भिसाले जनाएको छ । 

“नेपालमा डिजिटल भुक्तानी अपनाउने कार्यलाई तीव्रता दिने प्रयासको नेतृत्व गर्दै भिसामा सामेल हुन पाउँदा म सम्मानित छु । नवप्रवर्तन र सुरक्षित कारोबार प्रति भिसाको प्रतिबद्धता डिजिटल रूपमा सशक्त बनाउँदै नेपाललाई सक्षम बनाउने मेरो आकाङ्क्षासँग मेल खान्छ,” थापाले भने । 

पछिल्लो अध्यावधिक: साउन २१, २०८२ १३:२०