close

ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ को प्रि–अर्डर खुला

टेकपाना टेकपाना

साउन २२, २०८२ १३:४२

ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ को प्रि–अर्डर खुला

काठमाडौँ । नेपाली बजारका लागि समासङले ग्यालेक्सी जेड फोल्ड ७ र जेड फ्लिप ७ को प्रि-अर्डर सुरु भएको छ । कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यी दुई फोनको प्रि-अर्डर सुरु भएको जानकारी दिएको हो । आज, २२ साउनदेखि सुरु भएको प्रि-अर्डर २९ साउनसम्म चल्नेछ । 

दुई लाख ४४ हजार ९९९ रुपैयाँ रहेको २५६ जीबीको ग्यालेक्सी जेड फोल्ड ७ अग्रिम बुकिङ गर्दा ३१ हजार ९९९ रुपैयाँ पर्ने बड्सथ्री प्रोमा १७ हजार छुट पाउन सक्नेछन् । साथै ५२२ जीबीसम्मको स्टोरेज अपग्रेड १५ हजार नभइ ५ हजारमा नै गर्न सकिनेछ । यस्तै एक लाख ५४ हजार ९९९ रुपैयाँ पर्ने ग्यालेक्सी जेड फ्लिप ७ प्रि-अर्डर गर्दा २२ हजार ९९९ पर्ने बड्स थ्रीमा १३ हजार छुट पाउन सकिनेछ । 

योसँगै ग्राहकले एकपटकको लागि ब्रेकेज इन्सुरेन्स र शून्य प्रतिशत ब्याजदरमा दुवै फोन किस्तामा किन्न पाइने सुविधा पनि पाउनेछन् । 

नेपालमा दुवै फोनको २५६ जीबी स्टोरेज भएको संस्करण अग्रिम-बुकिङका लागि उपलब्ध हुनेछ । बुकिङका लागि ग्राहकले सामसङको आधिकारिक वेबसाइटमा गएर वा त्यहाँ दिइएको क्यूआर कोड (QR Code) स्क्यान गरेर दर्ता गर्नुपर्नेछ ।

दर्ता प्रक्रिया पूरा गरेपछि रु ५,००० अग्रिम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीपश्चात् ग्राहकले आफ्नो मोबाइलमा एक पटक प्रयोग गर्न मिल्ने पासवर्ड (ओटीपी) प्राप्त गर्नेछन् । सोही ओटीपी देखाएर ग्राहकले आफूले रोजेको स्टोरबाट आफ्नो नयाँ फोल्डेबल फोन प्राप्त गर्दा पर्चेज (खरिद) प्रमाणित गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: साउन २२, २०८२ १३:४२