रोकेको गाडीले बाटो छेके क्यूआर स्क्यान गरेरै बोलाउन मिल्ने, फोन-मेसेज गर्दा नम्बर पनि नदेखिने
भदौ २, २०८२ १९:१०
काठमाडौँ । कसैले सडकमै गाडी पार्किङ गरिदियो, अरू गाडी रोकिए गाडी धनीलाई कसरी सम्पर्क गर्ने ? गाडी दुर्घटनामा परेको देखियो, तत्कालै प्रहरी वा एम्बुलेन्स बोलाउने कसरी ?
यदि सडक दुर्घटना भयो । दुर्घटनामा परेका व्यक्तिको मोबाइल लक छ, उनका आफन्तलाई खबर कसरी गर्ने ? यी सबै समस्याको समाधानका लागि एट योर सर्भिसेस स्वाड (एटीएस) नेपालले एउटा क्यूआर कोड सिस्टम तयार पारेको छ ।
एटीएस नेपालले बनाएको यो क्यूआर कोड स्क्यान गर्दा जो सुकै अपरिचित व्यक्ति वा उद्धारकर्ताले गाडी धनी वा परिवार तथा आफन्तसम्म खबर पुर्याउन सक्छन् । यो क्यूआरले अनेक झमेलाबाट मुक्ति दिन्छ ।
यसको अर्को राम्रो पक्ष के छ भने, गाडीमा रहेको क्यूआर स्क्यान गर्दा गाडीधनीसँग सम्पर्क हुन्छ । तर नम्बर भने कल गर्ने र रिसिभ गर्ने दुवैको एक अर्कालाई थाहा हुँदैन । यसले गर्दा गोपनीयता कायम रहने भयो ।
एप स्क्यान गर्न भने इन्टरनेट चाहिन्छ । एटीएस नेपालको क्यूआर कोड स्क्यान गर्न छुट्टै एपको आवश्यकता पनि पर्दैन । जुनसकै स्क्यानरले यो क्यूआर स्क्यान गर्न सकिन्छ ।
यो सेवा लिनको लागि एटीएस नेपाल (ATS Nepal) को मोबाइल एप डाउनलोड गर्नुपर्छ । जुन एन्ड्रोइड (एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्)र आईओएस (एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्) दुवैमा उपलब्ध छ । एप खोलेपछि मोबाइल नम्बर राख्नुपर्छ । तपाईँले राखेको मोबाइल नम्बरमा आएको ओटीपी कोड राखेर प्रमाणीकरण गर्नुपर्छ ।
त्यसपछि तोकिएको ठाउँमा आफ्नो विवरण भर्नुपर्छ । रेफरल कोड लेखिएको ठाउँमा केही लेख्नु पर्दैन । अहिले भने अफर रहेको छ । रेफरल कोड लेखिएको ठाउँमा TechPana लेख्दा ३ सय रुपैयाँ छुट पाइन्छ । अरू बेला ८ सय रुपैयाँ पर्ने क्यूआर टेकपाना प्रोमोकोड प्रयोग गर्दा ५ सय मै पाइन्छ ।
त्यसपछि टर्म्स एन्ड कन्डिसन (terms and condition) मा अग्री (agree) गरेर सब्मिट गरेपछि गाडीको विवरण भर्ने ठाउँमा पुगिन्छ । गाडीको विवरण भरेपछि अन्तिममा क्यूआर स्क्यान गर्ने अप्सन छ । त्यहाँ तपाईँले एटीएस नेपालबाट लिएको क्यूआर कोड स्क्यान गर्नुपर्छ । यति गरेपछि सेटअपको काम सकिन्छ ।
यो क्यूआर कोड गाडीमा टाँस्नका लागि काठमाडौँको धुम्बाराहीमा रहेको एटीएस नेपालको कार्यालयबाट लिन सकिन्छ, जुन टोयोटा नेपालको कर्पोरेट कार्यालयसँगै रहेको छ । अनलाइन अर्डर गरेमा तपाईँ रहेकै ठाउँमा डेलिभरी हुने कम्पनीले जनाएको छ ।
यो क्यूआर स्टिकरलाई गाडीको अगाडिको सिसामा भित्रपट्टि वा मोटरसाइकलमा देखिने ठाउँमा टाँस्नुपर्छ । आपत् परेको बेला जुनसुकै व्यक्तिले यो क्यूआर स्क्यान गरेपछि तपाईँ र तपाईँका आफन्तले खबर पाउँछन् । यस्तो सम्पर्क फोन र मेसेज दुवैबाट हुन्छ, तर एक अर्काको मोबाइल नम्बर भने देखिँदैन ।
गाडी गलत ठाउँमा पार्क गरिएको छ र उक्त गाडीमा एटीएस नेपालको क्यूआर स्टिकर राख्नु भएको छ भने महानगरले ह्विल लक वा उठाउनु अघि कसैले तपाईँको मोबाइलमा मेसेज वा कल गरिदिन सक्छन् । यस्तोमा तपाईँ जरिबानाबाट बच्न पनि सक्नु हुन्छ ।
एटीएस नेपालको एपमा डिजिटल रूपमा विभिन्न कागजात राख्ने सुविधा पनि छ । लाइसेन्स, ब्लुबुक, बीमा लगायतका कागजात हराएमा डिजिटल कपी एपमै सुरक्षित रहन्छन् ।
यसमा अर्को पनि सुविधा छ, लाइसेन्स, ब्लुबुक, बीमा लगायतका सेवाको म्याद सकिनुभन्दा पहिले नै तपाईँलाई सूचना आइपुग्छ । काठमाडौँमा पार्किङ खोज्ने समस्याको समाधान पनि एटीएस नेपालको एपमा रहेको छ । यो एपबाटै नजिकका पार्किङ स्थल, पेट्रोल पम्प र ग्यारेजहरू सजिलै पत्ता लगाउन सकिन्छ ।
अनि, बाटोमा गाडी बिग्रिएको अवस्थामा एटीएस नेपालले नै छोटो समयमा क्रेन सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
पछिल्लो अध्यावधिक: भदौ २, २०८२ १९:१०
