सीजीनेटको दशैँ योजना: इन्टरनेट जडान वा नवीकरण गर्दा रोजेर उपहार लिन पाइने
भदौ १७, २०८२ १३:४३
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक सीजीनेटले यस वर्षको चाडपर्वको अवसरमा नयाँ तथा नवीकरण गर्ने ग्राहकहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । प्रत्येक प्याकेजको नवीकरण गर्दा वा नयाँ प्याकेज किन्दा ग्राहकहरूलाई स्योर शट उपहार (उपहार निश्चित) दिने योजना कम्पनीले ल्याएको हो ।
यो योजना १५ भदौदेखि ३० कात्तिकसम्म लागु हुनेछ । योजना अनुसार नयाँ इन्टरनेट जडान गर्दा वा नवीकरण गर्दा प्याकेज अनुसारका उपहार ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् । जसअनुसार २५० एमबीपीएस र ३५० एमबीपीएस प्याकेजमा मिक्सर ग्राइन्डर पाउन सकिनेछ । यो उपहारसँगै १ महिनाको इन्टरनेट पनि निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
त्यस्तै १५० एमबीपीएस प्याकेजमा १ महिनाको निःशुल्क इन्टरनेटसँगै टोस्टर पाइनेछ । १५०, २५० र ३५० एमबीपीएसका निश्चित प्याकेजहरूमा अधिकतम ३ महिनासम्म बोनस इन्टरनेटको विकल्प पनि उपलब्ध छ ।
कसरी लिने उपहार ?
यो उपहार योजनामा सहभागी हुन सीजी नेटको कुनै पनि इन्टरनेट प्याकेज (१५०/२५०/३५० Mbps) को सब्सक्रिप्सन लिनुपर्ने वा नवीकरण गर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो चाडपर्वको उपहार छानेर होम अप्लायन्स वा बोनस इन्टरनेट लिन सकिनेछ ।
थप जानकारीका लागि ग्राहकहरूले नजिकैको सीजी नेट कार्यालयमा जान वा अनलाइन सम्पर्क गर्न सक्नेछन् । साथै, कल सेन्टरको नम्बर ०१-५९७०११३, टोल फ्रि नम्बर १६६००-११००१३ (टेलिकम) वा १८१०२-११००१ (एनसेल) मा सम्पर्क गर्न सकिनेछ ।
सीजीनेटले आवासीय ग्राहकहरूका लागि इन्टरनेट, आईपीटिभी, पोस्टपेड इन्टरनेट र फास्टेस्ट फिक्स जस्ता सेवा प्रदान गर्दै आएको छ । व्यावसायिक ग्राहकहरूका लागि भने कर्पोरेट प्याकेज, इन्टरप्राइज (एसएमई), इन्ट्रानेट र प्रिमियम आईपीटिभी जस्ता सेवा रहेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ १७, २०८२ १३:४३
