close

फेसबुक बन्द भएपछि अब साइबर ब्युरो पनि टिकटकमा सक्रिय हुने

टेकपाना टेकपाना

भदौ १९, २०८२ १६:३१

फेसबुक बन्द भएपछि अब साइबर ब्युरो पनि टिकटकमा सक्रिय हुने

काठमाडौँ । सरकारले फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप लगायतका प्रमुख सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिएपछि साइबर ब्युरो टिकटकमा सक्रिय हुने भएको छ । ब्युरोले बिहीबार आफ्नो फेसबुक पेजमा एक पोस्ट गर्दै टिकटकमा जोडिन आग्रह गरेको हो ।

ब्युरोले इमर्जेन्सीको लागि १०० मा, ब्युरोलाई सम्पर्क गर्न ९८५१२८६७७०, ९८५१२८६७७१ वा ०१-५३१९०४ (Ext. 100) मा सिधै फोन गर्न वा टिकटकमा जोडिन आग्रह गरेको छ । ब्युरोको टिकटकमा जोडिन यहाँ क्लिक गर्न सक्नु हुनेछ । यस बाहेक ब्युरोको वेबसाइटमा समेत सोझै उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ । त्यसका लागि यहाँ क्लिक गर्न सक्नु हुनेछ । 

पछिल्लो अध्यावधिक: भदौ १९, २०८२ १६:४७