सामाजिक सञ्जाल चलाउन नेपालीलाई भीपीएनको भर, यस्ता छन् सर्वाधिक डाउनलोड भइरहेका ३८ भीपीएन
भदौ २२, २०८२ १२:३२
एआई सिर्जित
काठमाडौँ । नेपालमा प्रतिबन्धमा परेका सामाजिक सञ्जाल चलाउन नेपाली प्रयोगकर्ताले भारी मात्रामा भीपीएन एपहरू प्रयोग गरिरहेको पाइएको छ । नेपालमा सर्वाधिक डाउनलोड हुने एपहरूको सूचीमा भीपीएनको बाढी लागेको हो ।
अहिले गुगल प्ले स्टोरको टप चार्टमा भीपीएन एप तथा ब्राउजरको सङ्ख्या ३८ पुगेको छ । जब कि प्रतिबन्ध लाग्नु अघि यो सङ्ख्या सात ओटा मात्रै रहेको थियो । यसरी हेर्दा सामाजिक सञ्जाल प्रतिबन्ध लागेको ४ दिनमा यस सूचीमा ३१ ओटा नयाँ भीपीएन थपिएका छन् ।
यसअघि प्ले स्टोरको चार्टमा ब्रेभ १९९ औँ स्थानमा, भीपीएनः फास्ट, सेफ भीपीएन प्रोक्सी १९४ नम्बरमा, भीपीएन - सुपर अनलिमिटेड प्रोक्सी ९९ नम्बरमा र स्पिडी क्वार्क भीपीएन - भीपीएन मास्टर १०१ नम्बरमा रहेको थियो । त्यस बाहेक प्रोक्सी ब्राउजर ५४ स्थानमा, टर्बो भीपीएन - सुपर भीपीएन प्रोक्सी ५७ नम्बरमा र 1.1.1.1 + र्यापः सेफर इन्टरनेट १२७ नम्बरमा देखिएका थिए ।
तर अहिले भने यव सूचीमा भीपीएन एपहरूले तीव्र वृद्धि हासिल गरिरहेका छन् । प्रतिबन्ध अघि शीर्ष १० एपमा एउटा पनि भीपीएन नरहेकोमा हाल त्यसभित्र छ भीपीएनले स्थान बनाएका छन् । जसमा दोस्रोमा 1.1.1.1 + र्यापः सेफर इन्टरनेट भीपीएन, तेस्रोमा टर्बो भीपीएन छ भने भेन्चर भीपीएन छैटौँ नम्बरमा छ । यस बाहेक सुपर भीपीएन फास्ट भीपीएन क्लाइन्ट आठौँ, भीपीएन सुपर अनलिमिटेड प्रोक्सी नवौँ र भीपीएनः फास्ट, सेफ भीपीएन प्रोक्सी १० औँ नम्बरमा छन् ।
नेपालको टप चार्टमा देखिएका सम्पूर्ण भीपीएन (एपको क्रमः सङ्ख्यामा)
-
1.1.1.1 + र्यापः सेफर इन्टरनेट (2)
-
टर्बो भीपीएन (3)
-
भेन्चर भीपीएन (6)
-
सुपर भीपीएन फास्ट भीपीएन क्लाइन्ट (8)
-
भीपीएन- सुपर अनलिमिटेड प्रोक्सी (9)
-
भीपीएनः फास्ट, सेफ भीपीएन प्रोक्सी (10)
-
प्रोटोन भीपीएनः प्राइभेट एन्ड सेक्योर (16)
-
सेक्योर भीपीएन-सेफर इन्टरनेट (17)
-
स्पिडी क्वार्क भीपीएन - भीपीएन मास्टर (20)
-
टम भीपीएन (23)
-
एज भीपीएन-सिम्पल एन्ड फास्ट (27)
-
बोल्ट भीपीएन -फास्ट भीपीएन प्रोक्सी (28)
-
भीपीएन फास्ट प्राइभेट स्पिडी सेक्योर (30)
-
डीएनएस चेन्जर (38)
-
र्यापिड भीपीएन-सेफ सेक्योर प्रोक्सी (47)
-
नोर्ड भीपीएन- फास्ट भीपीएन फर प्राइभेसी (48)
-
थन्डर भीपीएन - फास्ट, सेफ भीपीएन (56)
-
सुपर भीपीएन प्रो (62)
-
टर्बो भीपीएन लाइटः फास्ट भीपीएन प्रोक्सी (64)
-
फ्रि भीपीएन सुपर - फास्ट एन्ड सेक्योर (65)
-
सिम्पल भीपीएन प्रो सुपर फास्ट भीपीएन (66)
-
सेक्योर भीपीएनः फास्ट एन्ड प्राइभेट भीपीएन (67)
-
भीपीएन प्रोक्सी मास्टर-सेफर भीपीएन (70)
-
भीपीएन अस्ट्रेलिया -टर्बो सेक्योर (71)
-
भीपीएन प्रो - फास्ट एन्ड सेक्योर भीपीएन (76)
-
प्रोक्सी ब्राउजर (81)
-
भीपीएन मास्टर -भीपीएन प्रोक्सी मास्टर (84)
-
भीपीएन एप - सेक्योर भीपीएन प्रोक्सी (99)
-
भीपीएन इन्डिया - अनब्लक प्रोक्सी भीपीएन (128)
-
भीपीएन लुमसः प्राइभेट भीपीएन यूके एप (132)
-
एक्सप्रेस भीपीएनः फास्ट एन्ड सेक्योर भीपीएन (150)
-
सर्फ सार्कः फास्ट एन्ड सेक्योर भीपीएन (153)
-
ब्रेभ प्राइभेट वेब ब्राउजर, भीपीएन (154)
-
पावर भीपीएनः फास्ट एन्ड सेक्योर भीपीएन (158)
-
सुपर भीपीएनः सेफ एन्ड सेक्योर भीपीएन (163)
-
प्राइभिफाई फास्ट सेक्योर भीपीएन प्रोक्सी (174)
-
एक्स-भीपीएन - प्राइभेट ब्राउजर भीपीएन (180)
-
एमसेक्योरिटी-एआई सेक्योरिटी एन्ड भीपीएन (183)
कसरी सुरक्षित तरिकाले चलाउन सकिन्छ भीपीएन ?
१. वेबसाइट प्रयोग गर्दा प्राइभेट वा इनकग्निटो मोड प्रयोग गर्नुहोस्
क्रोम, फायरफक्स, एज जस्ता वे ब्राउजिङ एप प्रयोग गर्दा सकेसम्म इनकग्निटो वा प्राइभेट मोड प्रयोग गर्नुहोस् । यसले गर्दा तपाईंको लग-ईन पासवर्डहरू ब्राउजरमा सेभ हुँदैन र त्यसबाट बाहिर आउँदा स्वतः लग-आउट हुने गर्दछ ।
अन्यथा सामान्य मोडमा तपाईंको लगईन क्रेडेन्सियलसँगै वेब हिस्ट्री सम्मका सबै महत्वपूर्ण जानकारी त्यसमै संचित भएर बसेका हुन्छन् । जुन तपाईँको गोपनीयताको हिसाबले खतरापूर्ण हुनसक्छ ।
२. फरक वेबसाइट तथा एपका लागि छुट्टाछुट्टै पासवर्ड प्रयोग गर्नुहोस्
इन्टरनेट प्रयोग गर्दा सावधानी अपनाइरहँदा समेत विभिन्न कारणवश लगईन तथा पासवर्डहरू अवान्छित व्यक्ति तथा ह्याकरसम्म पुगिरहेका हुन्छन् ।
यस्तोमा यदि तपाईंले सबै आईडीका एउटै पासवर्ड प्रयोग गर्नुहुन्छ भने कुनै एउटा आईडी अथवा अकाउन्ट (फेसबुक, ट्वीटर, इन्स्टाग्राम वा मोबाइल बैंकिङ तथा डिजिटल वालेटको आईडी) को पासवर्ड थाहा पाएको व्यक्तिले तपाईंका अन्य अकाउन्टमा पनि पहुँच बनाउन सक्छ । त्यसैले हरेक वेबसाइट तथा एपका लागि छुट्टा छुट्टै पासवर्ड प्रयोग गर्नु उचित हुन्छ ।
३. सामाजिक सञ्जालमा लोकेसन एक्सेस बन्द गर्नुहोस्
मोबाइलमा रहेका धेरैजसो एपले अहिले लोकेसनमा पहुँच खोजिरहेका हुन्छन् । यस्तोमा यदि तपाईंले अनावश्यक रुपमा लोकेसनको पहुँच दिनु भएको छ भने त्यसको दुरुपयोग गरी तपाईंलाई ट्रयाक गर्ने वा निगरानी गर्न सक्ने जोखिम रहन्छ ।
त्यसैले मोबाइल एपहरूलाई आफ्नो लोकेसन एक्सेसमा पहुँच नदिनुहोस् । दिनै परेको खन्डमा पनि निश्चित अवधिका लागि एक्सेस दिएर बन्द गर्न नभुल्नुहोस् ।
४. अनलाइन सुरक्षा बढाउन भीपीएन प्रयोग गर्नुहोस्
अनलाइनमा आफ्नो उपस्थिति र कुनै पनि सेवा प्रयोग गर्दा ढुक्क रहनका लागि भीपीएन अर्थात भर्चुअल प्राइभेट नेटवर्क प्रयोग गर्नु बुद्धिमानी हुन्छ । ओपेरा मिनी, ब्रेभ जस्ता केही वेब ब्राउजरले भीपीएन सेवा निःशुल्क रुपमा समेत दिँदै आएका छन् ।
तपाईं अझ विश्वसनीय र उच्च गतिमा भीपीएन सेवा प्रयोग गर्न चाहनुहुन्छ भने सःशुल सब्सक्रिप्सन समेत लिन सक्नुहुन्छ । भीपीएन मार्फत इन्टरनेट प्रयोग गर्दा तपाईले इन्टरनेट प्रयोग गरिरहेको इन्टरनेट सेवाप्रदायक वा मोबाइल सेवा प्रदायकले तपाईंको इन्टरनेट गतिविधिलाई ट्रयाक वा निगरानी गर्न सक्दैन ।
५. वेबसाइटमा देखिने ‘एड्स’ बटनमा क्लिक नगर्नुहोस्
इन्टरनेटमा विभिन्न वेबसाइट तथा एप चहार्दै गर्दा त्यहाँ तपाईँले अनेकौँ विज्ञापन देख्न सक्नुहुन्छ । त्यस्ता विज्ञापनमा क्लिक गर्दा तपाईं अनावश्यक र असम्बन्धित साइटमा पुग्न सक्नुहुन्छ ।
यति मात्र होइन, कहिले काहिँ त्यसमार्फत तपाईंको निजी जानकारीहरू चोरी हुने सम्भावना समेत रहन्छ । त्यसैले इन्टरनेटमा वेबसाइटहरू प्रयोग गरिरहँदा पपअपको रुपमा आउने विज्ञापन प्रति सेचत रहनुहोस् ।
६. सामाजिक सञ्जालमा आउने सबै रिक्वेस्ट एसेप्ट नगर्नुहोस्
यदि तपाईंलाई फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा कुनै अपरिचित व्यक्तिको रिक्वेस्ट आउँछ भने त्यसलाई आँखा चिम्लेर एसेप्ट नगर्नुहोस् । यसरी जोसुकै र जस्तो सुकै व्यक्तिले पनि तपाईंलाई रिक्वेस्ट पठाइरहेको हुनसक्छ ।
यति मात्र होइन, कसैको फेक आईडी बनाएर समेत तपाईंलाई फ्रेन्ड रिक्वेस्ट आउन सक्छ । अपरिचित र अनावश्यक व्यक्तिको रिक्वेस्ट आएको खन्डमा बरु त्यस्ता प्रयोगकर्तालाई ब्लक गरिदिनुहोस् । यदि तपाईंले जथाभावी रुपमा फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्नु भयो भने तपाईंले नचाहेको व्यक्तिले तपाईंको विषयमा जानकारी राखिरहेको हुनसक्छ ।
७. स्क्रिनमा आउने पपअपलाई नजरअन्दाज गर्नुहोस्ः
तपाईंले वेबसाइट वा एपहरू प्रयोग गरिरहँदा बेला बेलामा पपअपको रुपमा तपाईंको मोबाइल तथा कम्प्युटरमा गम्भिर किसिमको अनुमति मागिरहेका हुन्छन् । यस्तोमा आँखा चिम्लेर अलाउ अर्थात अनुमति दिने काम नगर्नुहोस् ।
बरु ब्लक गर्ने वा स्किप अर्थात त्यसलाई पन्छाउने गर्नुहोस् । अन्यथा यस्ता पपअप मार्फत तपाईंको निजी तथा गोपनीयताको हिसाबले संवेदनशील मानिने सूचनामा अवान्छित व्यक्तिले पहुँच बनाउन सक्छ ।
८. ब्राउजरमा आफ्नो डेबिट-क्रेडिट कार्डको जानकारी बिर्सेर पनि सेभ नगर्नुहोस्
वेबसाइट तथा वेब ब्राउजर प्रयोग गरिरहँदा आफ्नो डेबिट तथा क्रेडिट कार्डको जानकारी त्यसमा राखेर सेभ गर्ने गल्ती नगर्नुहोस् । साथै मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल वालेट जस्ता वित्तीय जानकारी समेत वेबसाइटमा सेभ नगर्नुहोस् ।
किन भने तपाईंको डिभाइसमा ह्याकरले पहुँच बनाएर त्यस्ता जानकारी चोरी गर्न सक्ने र तिनै जानकारीको आधारमा तपाईंको बैंक तथा वालेटको खाता रित्याइदिन सक्ने जोखिम समेत रहन्छ ।
साथै अन्य कुनै व्यक्तिले तपाईंलाई मोबाइलमा आएको कुनै म्यासेज वा कोड मागेको खन्डमा समेत नदिनुहोस् । यसले तपाईंको सामाजिक सञ्जालका साथै बैंक खातामा समेत ठगी गर्ने मनसाय भएका व्यक्तिले पहुँच पाउन सक्छन् ।
पछिल्लो अध्यावधिक: भदौ २२, २०८२ १३:१७
