close

युट्युबबाट आएको ५० हजार कमाइ दिँदै गायक प्रकाश सपुतले आफ्ना दुई भाइलाई पठाए जेनजीको आन्दोलनमा

टेकपाना टेकपाना

भदौ २२, २०८२ २०:१

युट्युबबाट आएको ५० हजार कमाइ दिँदै गायक प्रकाश सपुतले आफ्ना दुई भाइलाई पठाए जेनजीको आन्दोलनमा

काठमाडौँ । गायक प्रकाश सपुतले युट्युबको कमाईबाट ५० हजार रुपैयाँ दिँदै आफ्ना दुवै भाइलाई भोलिबाट सुरु हुने जेनजीको आन्दोलनमा सहभागी हुन पठाएका छन् । आइतबार फेसबुकमा एक भावुक पोस्ट राख्दै उनले अब युट्युबको कमाइ खोसिएको सङ्केत समेत गरे ।

प्रकाशका भाइ सुनिल २५ वर्ष र सचिन २६ वर्षका भए । उनले भनेका छन्, "भोलि तिमीहरू पनि जानु ! तिमीहरू केही बोल्नै पर्दैन । तिमीहरूको अनुहारमा प्रस्ट देखिने अन्योल, भविष्यको चिन्ताले नै धेरै थोक बोलिसकेको हुनेछ । आँखामा प्रश्न लिएर समूहमा चुपचाप उभिनु पनि आन्दोलन हो । भोलि हुने तिम्रो पुस्ताको नयाँ स्वरूपको आन्दोलन हेर्न म निकै उत्साहित छु ।"

आफूले दुवै भाइको खातामा २५/२५ हजार रुपैयाँ पठाइ दिएको जानकारी दिँदै उनले भनेका छन्, "मैले तिमीहरूको खातामा २५/२५ हजार रुपैयाँ पठाई दिएको छु । जुन गत महिना युट्युबबाट कर काटेर आएको थियो । थाहा छैन अब आउछ कि आउदैन ! भोलि तिमीहरू जानु र सुरक्षित फर्किनु । साँझ घरमा परिवार कुरिरहेको हुनेछ ! Go ahead guys !"

 

पछिल्लो अध्यावधिक: भदौ २२, २०८२ २०:१