close

फेसबुकमा ‘गाउँ गाउँबाट उठ’ गीत राख्दै जेन-जी पुस्ताको आन्दोलनलाई नेपथ्यको साथ

टेकपाना टेकपाना

भदौ २२, २०८२ २०:१८

फेसबुकमा ‘गाउँ गाउँबाट उठ’ गीत राख्दै जेन-जी पुस्ताको आन्दोलनलाई नेपथ्यको साथ

काठमाडौँ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन घोषणा गरेको जेन-जी पुस्तालाई नेपथ्यले साङ्केतिक रूपमा साथ दिएको छ । आइतबार नेपथ्यले आफ्नो आधिकारिक फेसबुक पेजमा ‘गाउँ गाउँबाट उठ’ बोलको गीतको ३७ सेकेन्डको क्लिप पोस्ट गर्दै समर्थन जनाएको हो ।

उक्त क्लिपमा नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङ कन्सर्टमा गाउँदै गरिरहेको अवस्थामा देखिएका छन् । उनी गाउँछन्: “...हातमा कलम हुनेहरू कलम लिएर उठ, बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ, गाउँ गाउँबाट उठ बस्तीबस्तीबाट उठ…”

जेन-जी पुस्ताले सामाजिक सञ्जाल टिकटक, रेडिट र डिस्कर्डमार्फत घोषणा गरेको सोमबारको शान्तिपूर्ण आन्दोलनको पूर्वसन्ध्यामा यो गीत सार्वजनिक भएको हो । यसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नेपथ्यले जेन-जीको आन्दोलनलाई साङ्केतिक रूपमा समर्थन गरेको भन्दै प्रशंसा गरिरहेका छन् ।

 

पछिल्लो अध्यावधिक: भदौ २२, २०८२ २०:२२