close

विराटनगरमा जेनजीको प्रदर्शनमा झडप, प्रहरीले गर्‍यो लाठी चार्ज

टेकपाना टेकपाना

भदौ २३, २०८२ १४:४८

विराटनगरमा जेनजीको प्रदर्शनमा झडप, प्रहरीले गर्‍यो लाठी चार्ज

काठमाडौँ । सामाजिक सञ्जालको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध विराटनगरमा जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शन झडपमा परिणत भएको छ । कोशी प्रदेश सभा सचिवालय अगाडि सोमबार दिउँसो भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको हो ।

प्रदर्शनकारीहरूले टायर बाल्न खोजेपछि प्रहरीले रोक्न खोज्दा स्थिति तनावपूर्ण बनेको थियो । त्यसपछि प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए भने प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको थियो ।

आन्दोलनमा सहभागी एक प्रदर्शनकारीले भने, “हामीले टायर बाल्छौं भनेका थियौं, प्रहरीले नदिएपछि झडप सुरु भयो । त्यसपछि प्रदर्शनकारीले ढुङ्गामुढा प्रहार गर्न थाले र प्रहरीले लाठी चार्ज गर्‍यो ।”

सोमबार काठमाडौँलगायत देशका प्रमुख सहरमा जेनजी पुस्ताले सामाजिक सञ्जालको दुरुपयोग, भ्रष्टाचार र बेथितिविरुद्ध प्रदर्शन गर्दै आएका छन् । यही क्रममा विराटनगरमा पनि प्रदर्शन आयोजना गरिएको हो ।


 

पछिल्लो अध्यावधिक: भदौ २३, २०८२ १५:१