close

जुट्यो पूर्व न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, तर संसद्‌को विवाद कायमै

टेकपाना टेकपाना

भदौ २६, २०८२ १:५४

जुट्यो पूर्व न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, तर संसद्‌को विवाद कायमै

काठमाडौँ । पूर्व न्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको छ । जेन-जीको चाहनामा राष्ट्रपति रामचन्द्र पौडेल र कार्कीबिच जङ्गी अड्डामा चलेको बैठकबाट यस्तो सहमति जुटेको हो । 

संसद बाहिरको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्ने र संसद् विघटन गर्ने दुई विषयमा विमति रहँदा सरकार विहीनताको स्थितिले निकास पाउन सकेको थिएन । जेन-जीहरूले आफ्ना मागहरू पुरा नभए शीतल निवास घेराउ गरेर राष्ट्रपतिलाई थुतेर बाहिर निकाल्ने चेतावनी दिएपछि पौडेल पछि हटेका थिए । 

तर कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषय संसद् विघटन गरी गर्ने कि विघटन नगरेरै गर्ने विषयमा भने विवाद अझै कायम छ । जेन-जी पक्ष संसद् विघटनको एजेन्डाबाट टसको मस नभएपछि राष्ट्रपति पुनः दलहरूसँग परामर्शमा जुटेको स्रोतले जनाएको छ । 

संसद् विघटन गर्ने वा नगर्ने विषयमा सहमति जुटेको खण्डमा कार्की आजै प्रधानमन्त्रीमा नियुक्त हुनेछिन् ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ १:५४