काठमाडौँ । सुशीला कार्कीले प्रधानमन्त्रीको शपथ लिएलगत्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जेन-जी पुस्तालाई सम्बोधन गर्दै फेसबुक स्टाटस लेखेका छन् ।
जेन-जी पुस्ताको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको भन्दै उनले यसल देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्ने विश्वास राखे ।
“प्रिय Gen Z, तपाईंहरूको योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ । वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली । तपाईंहरूको योगदान अमूल्य छ, जसले सधैं भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ । तपाईहरूप्रति असिम सम्मान । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,” मेयर बालेनले फेसबुकमा लेखेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २७, २०८२ २३:११
