दशैँको अवसरमा हुकुट स्टोरको ‘स्पिन एन्ड विन’ अफरः स्कुटरदेखि आईफोन १७ सम्म
भदौ ३०, २०८२ १६:५८
काठमाडौँ । हुकुट स्टोरले दशैँको अवसर पारेर ‘स्पिन एन्ड विन’ अफर ल्याएको छ । दशैँको फूलपाती (१३ असोज) सम्म मान्य हुने गरि स्टोरले उक्त अफर ल्याएको हो ।
अफरमा स्कुटर, पीएस ५, आईफोन १७, सुन समेतका उपहार ग्राहकहरूले जित्न सक्ने स्टोरले जनाएको छ । तीन हजार रुपैयाँभन्दा माथिको सामान किन्दा ग्राहकहरूले तीन पटक स्पिन गर्न पाउनेछन् । पहिलो स्पिनमा हजार रुपैयाँसम्म क्याश ब्याक, दोस्रो स्पिनमा एयरबड, स्मार्ट वाच र तेस्रो स्पिनमा बम्पर उपहारमा स्कुटर, पीएस ५, आईफोन १७ वा सुन जित्न सक्नेछन् ।
स्टोरले चार लाख रुपैयाँमा बिक्री गर्दै आएको एप्पल म्याकबुक प्रो एम ४ तीन लाख २९ हजार ९९९ रुपैयाँमा बिक्री गर्दैछ । एक लाख ८८ हजार रुपैयाँ पर्ने एसुस जेनबुक १४ ओलेड २०२५ ल्यापटप १ लाख ७१ हजार ९९९ रुपैयाँमा, एक लाख ८० हजार रुपैयाँ पर्ने एसर निट्रो भी १६ एक लाख ४४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराइएको छ । स्टोरका अनुसार दशैँको अवसर पारेर हरेक सामानमा भारी छुट दिन लागिएको हो ।
पछिल्लो अध्यावधिक: भदौ ३०, २०८२ १६:५८
