शून्य प्रतिशत ब्याजमा ईएमआईसुविधा सहित सस्तो मूल्यका जेडटीई नुबिया मोबाइल नेपाली बजारमा
भदौ ३१, २०८२ १३:२८
काठमाडौँ । जगदम्बा मोबाइलले शून्य प्रतिशत ब्याजमा ईएमआईको डाउन पेमेन्टसहित जेडटीई नुबियाका दुई भेरियन्टका फोन बजारमा ल्याएको छ । कम्पनीले सोमबार नुबिया ए ३६ र नुबिया ए ५६ नेपाली बजारमा सार्वजनिक गरेको हो ।
नुबिया ए ३६ को बजार मूल्य १० हजार ९९९ रुपैयाँ र नुबिया ए ५६ को बजार मूल्य ११ हजार ९९९ रुपैयाँ तोकिएको छ । यी फोनहरू ४० प्रतिशत डाउन पेमेन्ट तिरेर खरिद गर्न सकिनेछ । नुबिया ए ३६ को चार हजार ४०० रुपैयाँ र नुबिया ए ५६ को चार हजार ८०० रुपैयाँ डाउन पेमेन्ट तिरेर सेवाग्राहीले फोन प्राप्त गर्न सकिनेछ ।
त्यसपछि छ महिनामा शून्य प्रतिशत व्याजदरमा नुबिया ए ३६ र नुबिया ए ५६ भेरिएन्टका फोनको क्रमश: ११ सय रुपैयाँ र १२ सय रुपैयाँ मासिक ईएमआई तिर्नुपर्नेछ । ८ जीबी भर्चुअल र्यामसहित १२ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको नुबिया ए ३६ मा ६.७५ इन्चको डिस्प्ले रहेको छ ।
५०० एमएएचको ब्याट्री उपलब्ध यस मोबाइलमा अक्टाकोरको टी ७२०० चिपसेट राखिएको छ । यस फोनमा १८ महिनाको वारेन्टी समेत प्रदान गरिएको छ । यस्तै नुबिया ए ५६ मा १२ जीबी र्याम (८ जीबी भर्चुअल) सहित १२८ जीबी स्टोरेज क्षमता प्रदान गरिएको छ । यो मोबाइलमा पनि ६.७५ इन्चको डिस्प्ले, ५०० एमएएचको ब्याट्री, अक्टाकोर टी ७२०० चिपसेटका साथै १८ महिनाको वारेन्टी प्रदान गरिएको छ ।
पछिल्लो अध्यावधिक: भदौ ३१, २०८२ १३:२८
