close

जेन-जी आन्दोलनका मृतक तथा घाइतेका परिवारलाई दातासँग जोड्दै प्रोजेक्ट अभय, यसरी लिनुहोस् भाग

टेकपाना टेकपाना

असोज १, २०८२ १२:३३

जेन-जी आन्दोलनका मृतक तथा घाइतेका परिवारलाई दातासँग जोड्दै प्रोजेक्ट अभय, यसरी लिनुहोस् भाग

काठमाडौँ । 'प्रोजेक्ट अभय'ले जेन-जी आन्दोलनमा घाइते, बेपत्ता तथा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सहयोग गर्न चाहने दाताहरूसँग जोड्ने अभियान सुरु गरेको छ । यस क्रममा कयौँ परिवारको मुख्य आम्दानी गर्ने व्यक्तिको ज्यान गएको छ भने कयौँ घाइते भएका छन् । धेरै व्यक्तिहरूलाई उपचार खर्चदेखि दैनिक जीवनमा खाद्यान्न, लत्ता कपडाको आवश्यकता परेको छ । यस्तै आवश्यकता परेका व्यक्तिहरूलाई सहयोग गर्न चाहने व्यक्तिहरूसँग जोड्ने काम 'प्रोजेक्ट अभय'ले थालेको हो ।

प्रोजेक्ट अभयले दाताबाट आफूले सिधै पैसा नलिने बरु सहयोग आवश्यक पर्ने व्यक्ति तथा परिवार र दाताहरूलाई जोड्ने जनाएको छ । तपाईँलाई सहयोगको आवश्यकता परेको छ वा सहयोग गर्न चाहनु हुन्छ भने यहाँ रहेको फाराममा तोकिएको विवरण राखेर भर्न सक्नु हुनेछ । त्यसपछि टोलीले आवश्यकताको वास्तविकता पहिचान गरी पीडित पक्षलाई दातासँग कनेक्ट गराउनेछ । 

 

पछिल्लो अध्यावधिक: असोज १, २०८२ १२:३३