काठमाडौँ । गृह मन्त्रालयले २३ र २४ भदौमा भएको जेनजी पुस्ताको प्रदर्शनपश्चात् उत्पन्न हुनसक्ने उच्छृङ्खल गतिविधिहरूको जानकारी संकलन तथा नियन्त्रणका लागि हेल्प डेस्क (सहायता कक्ष) स्थापना गरेको छ । एक सूचना जारी गर्दै मन्त्रालयले समाजमा शान्ति सुरक्षा कायम राख्नका लागि नागरिकहरूबाट सहयोगको अपेक्षा गरेको छ ।
मन्त्रालयका अनुसार ९८५१३६०६०३ नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत कुनै पनि उच्छृङ्खल गतिविधिबारे सूचना, गुनासो, सल्लाह वा सुझाव दिन सकिनेछ ।
सूचनामा भनिएको छ, “...समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सहजीकरण गर्न ९८५१३६०६०३ सहितको सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाइबरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।”

पछिल्लो अध्यावधिक: असोज ३, २०८२ १७:३३
