काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका लागि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको चर्चा सुरु भएको छ । सुशीला कार्की नेतृत्वमा गठित अन्तरिम सरकारका लागि पुन सम्भावित मन्त्रीको सूचीमा परेका हुन् ।
स्रोतका अनुसार प्रारम्भिक सूचीमा पुनको नाम समावेश भए पनि फाइनल भने भइसकेको छैन । सूचीमा समावेश अन्य व्यक्तिहरूको विषयमा सहमति जुट्न नसकेपछि मन्त्रीहरूको टुङ्गो लाग्न अझै केही समय कुर्नुपर्ने भएको हो ।
हालसम्म अन्तरिम सरकार प्रधानमन्त्री सहित चार सदस्यीय मात्रै छ । जसमा रामेश्वर खनाललाई अर्थ मन्त्रालय, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय अनि ओम प्रकाश अर्याललाई गृह, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बाँकी मन्त्रालय भने हालसम्म प्रधानमन्त्री कार्कीकै मातहतमा रहेका छन् । उनले मन्त्रीपरिषद्को कूल सङ्ख्या ११ भन्दा बढी नहुने बताएकी छिन् ।
पछिल्लो अध्यावधिक: असोज ५, २०८२ ११:३२
