close

साओमीको मोबाइल किन्दा डेढ लाख पर्ने १५ अल्ट्रादेखि इयरबड्स जित्ने मौका

टेकपाना टेकपाना

असोज ६, २०८२ ११:२४

साओमीको मोबाइल किन्दा डेढ लाख पर्ने १५ अल्ट्रादेखि इयरबड्स जित्ने मौका

 

काठमाडौँ । चिनियाँ मोबाइल निर्माता कम्पनी साओमीले नेपाली ग्राहकका लागि दशैँ क्याम्पेन सुरु गरेको छ । कम्पनीले नयाँ फोन खरिद गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै ‘साओमी महा फेस्टिभल’ क्याम्पेन सञ्चालनमा ल्याएको हो ।

यस अन्तर्गत साओमीको मोबाइल खरिद गर्ने ग्राहकले डिजिटल ह्विल स्पिन गर्ने मौका पाउनेछन् । त्यसमा स्मार्टवाच, स्मार्टफोन, ट्याब्लेट, इयरबड लगायतका ग्याजेट्स जित्न सकिनेछ । 

यस अन्तर्गत कम्पनीले हरेक दिन ३० जनालाई रेड्मी बड्स फाइभ ए उपहार दिनेछ । त्यस्तै हरेक दिन १० जनाले रेड्मी वाच फाइभ एक्टिभ जित्न सक्ने बताइएको छ । त्यस्तै हरेक दिन १ जनाले रेड्मी प्याड टु जित्न सक्नेछन् । 

कम्पनीका अनुसार क्याम्पेनमा सहभागी मध्येबाट हरेक साता एक जनाले डेढ लाख रुपैयाँ पर्ने साओमी १५ अल्ट्रा र साओमी प्याड सेभेन जित्न सक्नेछन् । साओमी १५ अल्ट्राको मूल्य एक लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।

यो योजनामा सहभागी हुनका लागि ग्राहकले साओमीको आधिकारिक विक्रेताबाट आज, २१ सेप्टेम्बरदेखि २१ अक्टुबरभित्र खरिद गर्नुपर्नेछ । खरिद गरेपछि ग्राहकलाई बिल, मोबाइलको बक्स वा स्टिकरमा वितरकले एउटा विशेष क्यूआर कोड उपलब्ध गराउने छन् । उक्त क्यूआर कोडलाई आफ्नो मोबाइलबाट स्क्यान गरेपछि प्रक्रिया सुरु हुनेछ ।

क्यूआर कोड स्क्यान गरेपछि ग्राहक सिधै एउटा भ्यालिडेसन पेजमा पुग्नेछन् । उक्त पेजमा ग्राहकले आफ्नो मोबाइलको आईएमईआई नम्बर राखेर ‘भ्यालिडेट’ गर्नुपर्नेछ । 

कम्पनीको स्वचालित प्रणालीले आईएमईआई नम्बरको आधिकारिकता जाँच गर्छ । योजनामा सहभागी हुनका लागि मोबाइल सेट नेपालको लागि आधिकारिक (कन्ट्री कोड एनपी भएको) हुनुपर्नेछ र २१ सेप्टेम्बर देखि २१ अक्टोबरको बीचमा एक्टिभेट भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

अमान्य आईएमईआई नम्बर भएका ग्राहक प्रक्रियाबाट बाहिरिनेछन् भने मान्य आईएमईआई भएका ग्राहक अर्को चरणमा प्रवेश गर्नेछन् । भ्यालिडेसन सफल भइसकेपछि ग्राहकले आफ्नो नाम, फोन नम्बर, इमेल र खरिद गरेको पसलको विवरण जस्ता आवश्यक जानकारीहरू भर्नुपर्ने फारम देख्नेछन् ।

सबै विवरण सफलतापूर्वक भरेपछि ग्राहकले ‘स्पिन द ह्विल’ खेल्ने अवसर पाउनेछन् । 

यो डिजिटल ह्विल घुमाउँदा ग्राहकले तत्कालै उपहार जित्न सक्नेछन् वा अर्को पटकका लागि शुभकामना (Better luck next time) प्राप्त गर्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज ६, २०८२ ११:२४