close

क्यूआर स्क्यान गरेर सडकको अवस्थाबारे जानकारी लिन सकिने

टेकपाना टेकपाना

असोज १८, २०८२ १४:४०

क्यूआर स्क्यान गरेर सडकको अवस्थाबारे जानकारी लिन सकिने

काठमाडौँ । देशको पूर्वी तथा मध्य क्षेत्रमा शुक्रबारदेखि निरन्तर भारी वर्षा भइरहेकाले बाढी, पहिरो तथा डुबानको जोखिम बढेको छ । यस विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले मुख्य राजमार्गहरूमा भइरहेको सडक अवरोधसम्बन्धी विस्तृत जानकारीका लागि क्यूआर कोड स्क्यान सेवा ल्याएको छ ।

सरकारले सम्भावित जोखिमलाई ध्यानमा राखेर २० असोजसम्म काठमाडौँ उपत्यकाबाट बाहिरिने तथा भित्रिने सडकहरू बन्द गर्ने निर्णय गरेको छ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक अवरुद्ध भएका छन् । यस अवस्थामा यात्रु तथा सर्वसाधारणलाई सडकको अद्यावधिक जानकारी उपलब्ध गराउन नेपाल प्रहरीले क्यूआर स्क्यानको सुविधा ल्याएको हो ।

प्रहरी प्रधान कार्यालयबाट जारी सूचना अनुसार यात्रुहरूले उक्त क्यूआर कोड स्क्यान गरेर देशभरका सडकको वास्तविक अवस्थाबारे जानकारी लिन सक्नेछन् । यसका साथै, कुनै समस्या परेमा वा थप जानकारी आवश्यक भएमा प्रहरी कन्ट्रोलको निःशुल्क नम्बर १०० मा सम्पर्क गर्न सकिनेछ । विपद् डेस्कका लागि केन्द्रीय प्रहरी परिचालन कक्षको नम्बर ९८५१२८५६३५ पनि उपलब्ध गराइएको छ ।

नेपाल प्रहरीले नागरिकहरूलाई सतर्क रहन र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज १८, २०८२ १४:५७