close

ओली-लेखकलाई पक्राउ गर्न सुधन गुरुङले सामाजिक सञ्जालमा चलाए ह्याशट्याग अभियान

टेकपाना टेकपाना

असोज २०, २०८२ १५:१२

ओली-लेखकलाई पक्राउ गर्न सुधन गुरुङले सामाजिक सञ्जालमा चलाए ह्याशट्याग अभियान

काठमाडौँ । जेनजी आन्दोलनलाई दमन गरेको भन्दै जेनजी अगुवा सुधन गुरुङ लगायतले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्न ह्याशट्याग अभियान चलाएका छन् । सामाजिक सञ्जालमा अहिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको फोटोसहितको पोस्टर शेयर गरिएको छ । 

पोस्टरमा #ArrestKPOli, #ArrestRameshLekhak र #ArrestMurderers जस्ता ह्याशट्याग प्रयोग गरिएका छन् । पोस्टरको तल्लो भागमा ‘हत्यारा केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गर’ (Arrest KP Sharma Oli, Ramesh Lekhak Murderers) लेखिएको छ । पोस्टको अन्त्यमा ‘हत्यारालाई पक्राउ गर, नत्र देश आफैँ एक्सन लिन बाध्य हुनेछ’ भन्ने चेतावनी दिइएको छ । 

'हामी नेपाल' नामक संस्थाका संयोजक समेत रहेका गुरुङले यो पोस्ट राखेपछि सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताले पनि यसलाई व्यापक रूपमा शेयर गरिरहेका छन् । यसअघि २३ र २४ भदौको ‘जेनजी विद्रोह’का क्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पनि यस्तै ह्याशट्यागसहित पोस्ट गरेका थिए । 

पछिल्लो अध्यावधिक: असोज २०, २०८२ २३:३४