close

माइडिया होम अप्लायन्समा स्कुटर बम्पर उपहार, स्योरशट गिफ्टसँगै करिब ३८ हजारसम्म क्याशब्याक पनि

टेकपाना टेकपाना

असोज २१, २०८२ १९:४१

माइडिया होम अप्लायन्समा स्कुटर बम्पर उपहार, स्योरशट गिफ्टसँगै करिब ३८ हजारसम्म क्याशब्याक पनि

काठमाडौँ । सीजी इलेक्ट्रोनिक्सले आफ्नो ग्लोबल होम अप्लायन्स ब्रान्ड माइडियाको तर्फबाट यस वर्षको दशैँ-तिहारलाई लक्षित गर्दै ‘माइडिया बाई एन्ड विन जुम’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत उपभोक्ताले माइडियाका होम अप्लायन्स खरिद गर्दा विभिन्न आकर्षक अफर तथा पुरस्कार जित्ने अवसर पाउनेछन् ।

कम्पनीका अनुसार योजनाको बम्पर लक्की ड्रमा १२५ सीसीको हिरो जुम स्कुटर राखिएको छ भने स्योर शट गिफ्टको रूपमा साइड बाई साइड तथा मल्टी डोर निःशुल्क डिशवाशर टेबल पाउन सकिनेछ । यस बाहेक ३७ हजार ७०० रुपैयाँसम्म क्याशब्याक अफर पनि रहेको छ । 

उपभोक्ताहरू माइडियाका होम अप्लायन्स खरिद गरेपश्चात् उपलब्ध क्यूआर कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरी बम्पर लक्की ड्रमा सहभागी हुन सक्नेछन् । माइडिया एक अन्तर्राष्ट्रिय होम अप्लायन्स निर्माता कम्पनी हो, जसको उपस्थिति २०० भन्दा बढी मुलुकमा रहेको बताइन्छ ।


पछिल्लो अध्यावधिक: असोज २१, २०८२ १९:५६