close

प्रचण्ड निवास जल्नुअघि २ ट्रकमा २ करोड लगेर लुकाइएको दाबी गर्ने पूर्व एआईजी विरुद्ध जाहेरी

टेकपाना टेकपाना

असोज २७, २०८२ १०:५२

प्रचण्ड निवास जल्नुअघि २ ट्रकमा २ करोड लगेर लुकाइएको दाबी गर्ने पूर्व एआईजी विरुद्ध जाहेरी

काठमाडौँ । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदी विरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको तर्फबाट आइतबार ब्युरोमा उजुरी दायर भएको हो ।

सुवेदीले विभिन्न सामाजिक सन्जाल तथा युट्युबमा प्रसारित अन्तर्वार्तामा मार्फत नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्डको निवासबाट घर जलाइनुभन्दा दुई दिन पहिले नै दुई वटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइएको दाबी गरेका थिए । प्रचण्डको सचिवालयले त्यसलाई पुरै गलत र तथ्यहीन प्रचार भनेको छ ।

"यसरी झुट्‍टा सामग्री प्रवाह गरि भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको छ । सामाजिक सञ्जालबाट पार्टी नेतृत्व विरुद्ध चरित्रहत्या गरिदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदी विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी गरिएको छ," सचिवालयले भनेको छ ।

उजुरीमा डिजिटल माध्यम मार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुन विपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरि कानुनी कारबाहीको माग गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २७, २०८२ १४:१५