सामसङको मल्टिबायर अफर: स्मार्टफोनसँगै स्मार्टवाच वा इयरबड्स खरिद गर्दा ५३% सम्म छुट पाइने
असोज २८, २०८२ १५:२१
काठमाडौँ । सामसङ नेपालले नयाँ ग्यालेक्सी स्मार्टफोनको खरिदमा वेयरेबल उपकरणमा विशेष छुट दिने योजना ‘मल्टिबायर अफर’ सार्वजनिक गरेको छ । ३० नोभेम्बरसम्मका लागि कम्पनीले यो विशेष अफर ल्याएको हो ।
कम्पनीका अनुसार ग्राहकले चुनिएका स्मार्टफोन किन्दा ग्यालेक्सी वाच र बड्समा ५३ प्रतिशतसम्म छुट पाउनेछन् । यो योजना सीमित अवधिका लागि नेपालभरका अधिकांश अधिकृत स्टोरमा लागु हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर सामसङका नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोन खरिद गर्दा लागु हुनेछ । फोन खरिद गर्ने ग्राहकले ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअपका विभिन्न मोडेलमा तोकिएको छुट प्राप्त गर्नेछन् ।
कम्पनीले प्रयोगकर्तालाई आफ्नो फोन, स्मार्टवाच र बड्सलाई एकैसाथ कनेक्ट गरी पूर्ण ग्यालेक्सी इकोसिस्टमको अनुभव प्रदान गर्न यो योजना ल्याइएको बताएको छ ।
सामसङ नेपालका एमएक्स निर्देशक प्रणय रत्न स्थापितले यो अफरले ग्राहकलाई ग्यालेक्सीको कनेक्टेड इकोसिस्टमको अनुभव लिन सहज बनाउने बताए । “हाम्रो लक्ष्य सधैं एक कनेक्टेड इकोसिस्टम सिर्जना गर्नु रहेको छ, जसले दैनिक जीवनलाई सरल बनाउँछ,” उनले भने, “यस अफरमार्फत ग्राहकले स्मार्ट हेल्थ ट्र्याकिङदेखि सिमलेस कम्युनिकेसनसम्मको अनुभव एउटै इकोसिस्टमभित्र गर्न सक्नेछन् ।”
यसका साथै ग्राहकले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) सुविधा पनि लिन सक्नेछन् । कम्पनीका अनुसार नागरिकताको प्रमाणपत्रका आधारमा यो सुविधा उपलब्ध हुनेछ । अफर प्राप्त गर्नका लागि ग्राहकले सामसङको आधिकारिक अभियान वेबसाइटमा गई दर्ता गर्नुपर्नेछ ।
-
त्यसका लागि सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् ।
-
अनि स्क्रोल गर्दै केही तल गएपछि ‘मल्टिबायर अफर’को सेक्सन देखिन्छ । त्यसमा रहेको ‘रजिस्टर नाउ’ (Register Now) को अप्सनमा जानुहोस् ।
-
नजिकको स्टोर छान्नुहोस् र सब्मिट गर्नुहोस् ।
-
यति गरेपछि आफ्नो नाम, मोबाइल नम्बर, इमेल, स्मार्टफोनको मोडेल छान्नुहोस् । तपाईँले छानेको मोडेलका लागि कुन कुन स्मार्टवाच वा इयरबड्स छन् भन्ने देखिन्छ । र, अन्तिममा छुटसहितको मूल्य देखिन्छ ।
-
यसरी सब्मिट गरिसकेपछि त्यहाँ देखाइएको क्यूआर कोड स्क्यान गरेर अग्रिम भुक्तानीका रूपमा दुई हजार रुपैयाँ पठाउनुपर्ने हुन्छ । र, रकम पठाएको स्क्रिनशट अपलोड गर्न सक्नुहुन्छ ।
-
यति गरेपछि अन्तिममा ‘सब्मिट फर भेरिफिकेसन’ को बटनमा ट्याप गर्न सक्नुहुन्छ ।
-
यति भएपछि तपाईँलाई भेरिफिकेसनको ओटीपी कोड आउँछ । र, उक्त कोड सहित तपाईँले छानेको रिटेल स्टोरमा जानुहोस् र स्मार्टफोनसँगै आफूले रोजेको स्मार्टवाच वा इयरबड्स लिनुहोस् ।
कुन फोनमा छ अफर ?
|
Smartphone |
Wearables |
Smartphone |
Wearables |
|
Galaxy Z Fold7 |
Watch 8 Classic Watch 8 Watch 7 Watch 6 Classic Watch 6 Buds 3 Pro Buds 3 |
Galaxy A56 |
Watch 8 Watch 7 Watch 6 Watch FE Buds 3 Buds3 FE Buds Core |
|
Galaxy Z Flip7 |
Galaxy A36 |
||
|
Galaxy Z Fold6 |
Galaxy A26 |
||
|
Galaxy Z Flip6 |
Galaxy A17 |
||
|
Galaxy S25 Ultra |
Galaxy A16 |
||
|
Galaxy S25+ |
Galaxy M36 |
||
|
Galaxy S25 |
Galaxy M17 |
||
|
Galaxy S24 Ultra 256GB |
Galaxy M16 |
||
|
Galaxy S25 FE |
|||
|
Galaxy S24FE |
|
Model |
MRP |
Offer Price |
Discount (%) |
Customer Value |
|
Watch 6 |
44,999 |
35,999 |
20% |
9,000 |
|
Watch 6 Classic |
64,999 |
51,999 |
20% |
13,000 |
|
Watch 7 40mm |
44,999 |
35,999 |
20% |
9,000 |
|
Watch 7 44mm |
49,999 |
39,999 |
20% |
10,000 |
|
Watch FE |
35,399 |
28,299 |
20% |
7,100 |
|
Watch8 40mm |
54,999 |
39,999 |
27% |
15,000 |
|
Watch8 44mm |
59,999 |
44,999 |
25% |
15,000 |
|
Watch 8 Classic |
74,999 |
54,999 |
27% |
20,000 |
|
Buds3 |
22,999 |
15,999 |
30% |
7,000 |
|
Buds3Pro |
31,999 |
20,999 |
34% |
11,000 |
|
Buds Core |
7,399 |
3,499 |
53% |
3,900 |
|
Buds3 FE |
19,999 |
12,999 |
35% |
7,000 |
पछिल्लो अध्यावधिक: असोज २८, २०८२ १५:२१
