close

आजबाट सुरु भयो दिपल, नामी र सेरेसको एक्सचेन्ज मेला

टेकपाना टेकपाना

असोज २८, २०८२ १५:५७

आजबाट सुरु भयो दिपल, नामी र सेरेसको एक्सचेन्ज मेला

काठमाडौँ । अटोमोबाइल समूह एमएडब्लू वृद्धिले आज मङ्गलबारदेखि दिपल, नामी र सेरेसको एक्स्चेन्ज मेला सुरु गरेको छ । काठमाडौँ गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका आधिकारिक शोरुमहरूमा चाडवाड लक्षित यो मेगा एक्स्चेन्ज कार्निभल सुरु गरिएको हो । 

आइतबारसम्म चल्ने् यो एक्स्चेन्ज मेलाको पहिलो दिन ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकहरू दिपल, अवतार, नामी र सेरेसका ईभीहरूमा झुम्मिएका छन् । त्यसैगरी, रोबोटका क्रियाकलाप र रेसिङ सिमुलेटरहरूले पनि भीडलाई आकर्षित गरेको छ । 

एक्स्चेन्ज मेलामा ग्राहकहरूले आफ्ना पुराना गाडी साटेर स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स ईभीमा अपग्रेड गर्न सक्नेछन् । काठमाडौँमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकले दिपल, अवतार, नामी र सेरेस जस्ता ईभी ब्रान्डका चर्चित मोडलहरू एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउने कम्पनीले जनाएको छ । 

ग्राहकहरूले एक्स्चेन्ज मेलामा नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरूको  मूल्याङ्कन गराउन सक्नेछन् । यसका साथै ग्राहकले एक्स्चेन्जमा बोनस र नगद छुट पनि पाउने उल्लेख छ । जसमा निश्चित मोडेलहरूमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ लिन सकिने कम्पनीको दाबी छ । यो कार्यक्रममा बुकिङ गर्ने हरेक ग्राहक (एक जोडी) ले नगरकोटस्थित प्रिमियम रिसोर्टमा नाइट स्टेको पनि अफर पाउने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २८, २०८२ १६:४