close

ब्ल्याक प्लस डेकरको तिहार योजनाः हिरो बाइकदेखि भियतनामको ट्रिपसम्म

टेकपाना टेकपाना

असोज २८, २०८२ १७:४९

ब्ल्याक प्लस डेकरको तिहार योजनाः हिरो बाइकदेखि भियतनामको ट्रिपसम्म

काठमाडौँ । अमेरिकी इलेक्ट्रोनिक्स ब्रान्ड ब्ल्याक प्लस डेकरले दशैँ–तिहार विशेष उपहार योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत ब्ल्याक प्लस डेकरका उपकरण खरिद गर्ने ग्राहकले हिरो स्प्लेन्डर प्लस बाइक, भियतनाम ट्रिप तथा सीजी सफारी ट्रिप जस्ता आकर्षक उपहार जित्न सक्नेछन्  । 

नेपालमा सीजी इलेक्ट्रोनिक्सले ब्ल्याक प्लस डेकरका उत्पादनहरू आधिकारिक रूपमा बिक्री गर्दै आएको छ । कम्पनीका अनुसार देशभर सीजी डिजिटल आउटलेट, एलजीका आउटलेट तथा अन्य आधिकारिक च्यानल पार्टनरमार्फत यी ब्रान्डका सामान खरिद गर्न सकिने छ । 

कम्पनीका अनुसार यो उपहार योजनाले ग्राहकको अनुभवलाई थप प्रभावकारी बनाउनुका साथै ब्रान्डको स्लोगन ‘मेक लाइफ इजियर’ लाई सार्थक बनाउन सामान खरिदसँगै उपहार जित्ने अवसर प्रदान गरिएको हो । यसमा बम्पर पुरस्कार अन्तर्गत भाग्यशाली विजेताले भियतनाम ट्रिप, हिरो स्प्लेन्डर मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै लक्कि ड्र मार्फत सीजी सफारी दुई जनालाई उपलब्ध हुनेछ । 

यस योजनामा सहभागी हुने ग्राहकहरूले ब्ल्याक प्लस डेकरका कुनै पनि घरेलु उपकरण खरिद गर्दा प्राप्त हुने क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ । यसरी दर्ता भएका ग्राहकहरू स्वतः लक्कि ड्रमा सहभागी हुने कम्पनीले जनाएको छ । २० भदौदेखि सुरु भएको यो योजना अब सीमित अवधिसम्म मात्रै लागु हुनेछ । 

 

पछिल्लो अध्यावधिक: असोज २८, २०८२ १७:५९