सीजीले नेपाल भित्र्यायो एआई प्लस स्मार्टफोन, ४/६४ जीबी भेरियन्टको मूल्य जम्मा ८,९९९ मात्रै
असोज ३०, २०८२ ९:३१
काठमाडौँ । चौधरी ग्रुप (सीजी) ले एआई प्लस नामक नयाँ स्मार्टफोन ब्रान्ड नेपाल भित्र्याएको छ । सस्तो मूल्यमा राम्रो स्पेसिफिकेसन भएको फोनको रूपमा कम्पनीले यो फोन नेपाल ल्याएको हो ।
सीजीका अनुसार आज आज बिहीबार (३० असोज) देखि नै यो फोनको नेपाली बजारमा बिक्री सुरु भएको छ । प्लस र नोभा गरी दुई सिरिजमा कम्पनीले ल्याएका फोनहरू एकदमै प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । जुन फोरजी र फँइभजी दुवै सेग्मेन्टमा रहेका छन् ।
प्लस सिरिजमा ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य ८ हजार ९९९ रुपैयाँ रहेको छ भने ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेजका लागि १२ हजार ४९९ रुपैयाँ पर्नेछ ।
त्यसैगरी नोभा फाइभजी तर्फ ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेजका लागि १३ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम तथा १२८ जीबी स्टोरेजका लागि १७ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ ।
पछिल्लो अध्यावधिक: असोज ३०, २०८२ ९:३१
