तिहारमा सीजी डिजिटल र एलजी शपीको ‘लुटो लुटो अफर’: स्क्र्याच गर्दा ४०% सम्म छुट तत्काल पाइने
कात्तिक २, २०८२ १५:३४
काठमाडौँ । तिहारलाई लक्षित गर्दै सीजी डिजिटल र एलजी शपीले ‘लुटो लुटो अफर !! स्क्र्याच एन्ड विन इन्स्ट्यान्ट डिस्काउन्ट’ नामक अभियान सञ्चालनमा ल्याएका छन् । यस अभियान अन्तर्गत ग्राहकले विभिन्न ब्रान्डका घरायसी उपकरणको खरिदमा स्क्र्याच कार्डमार्फत ४० प्रतिशतसम्मको छुट तत्काल प्राप्त गर्न सक्नेछन् ।
अभियान अनुसार ग्राहकले एलजी, सीजी, सीजी मेरिडिया, टीसीएल, बेको, ब्ल्याक पल्स डेकर, गोदरेज, सेन्सेई र मोटोरोला जस्ता विभिन्न ब्रान्डका उपकरण खरिद गर्दा यो छुट सुविधा पाउनेछन् । छुटका अतिरिक्त ग्राहकको सुविधालाई ध्यानमा राख्दै कम्पनीले पुराना उपकरणसँग नयाँ साट्ने सुविधा तथा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीको व्यवस्था पनि गरेको छ ।
साथै सीजी एक्स-इलेक्स प्रणालीमार्फत तत्काल स्वीकृत हुने ‘अन-द-स्पट ईएमआई’ सुविधाले खरिद प्रक्रियालाई थप सहज र छिटो बनाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अभियान ग्राहकलाई छुट मात्र नभई हरेक स्क्र्याचमा उत्साह र खुसी प्रदान गर्ने सोचका साथ ल्याइएको हो ।
“तिहारलाई उज्यालो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सुरु गरिएको यो अभियानमार्फत नेपाली परिवारमा आधुनिक जीवनशैली र प्रविधिको सहज पहुँच विस्तार गर्ने हाम्रो लक्ष्य छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सीमित अवधिका लागि ल्याइएको यो अफर ११ कार्तिकसम्म मात्र लागु हुनेछ । यस अवधिमा ग्राहकले फ्रिज, स्मार्ट टिभी, वासिङ मसिन, एयर कन्डिसनर र माइक्रोवेभ ओभन लगायतका अत्याधुनिक उपकरण खरिद गर्न सक्नेछन् । यो योजना देशभरका २० ओटा सीजी डिजिटल र ७ ओटा एलजी शपीका शोरुममा लागु हुनेछ ।
पछिल्लो अध्यावधिक: कात्तिक २, २०८२ १५:३४
