close

दार्चुलाको अपी हिमाल क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा, स्थानीय र पर्यटक लाभान्वित हुने

टेकपाना टेकपाना

कात्तिक २, २०८२ १७:७

दार्चुलाको अपी हिमाल क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा, स्थानीय र पर्यटक लाभान्वित हुने

 

काठमाडौँ । नेपाल टेलिकमले दार्चुला जिल्लाको विकट क्षेत्रमा रहेको मार्मा गाउँपालिका ४ भुर्भुरेमा नयाँ बीटीएस टावर जडान गरेर फोरजी सेवा सुरु गरेको छ । देशभर विभिन्न स्थानमा नयाँ बीटीएस टावर जडान साथै मर्मत तथा पुन:सञ्चालनको काम भइरहेको छ । 

उक्त टावर सञ्चालनमा आएसँगै स्थानीयबासीका साथै अपी हिमाल तथा आसपासका क्षेत्रमा यात्रा गर्ने पर्यटकहरूका लागि सञ्चार सम्पर्क स्थापना भएको छ । त्यसैगरी, आपत्कालीन समयमा उद्दार कार्यहरूका लागि पनि उपयोगी हुने सञ्चार मन्त्रालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २, २०८२ १७:७