close

प्रधानमन्त्री कार्कीबारे भ्रम फैलाएको आरोपमा अधिवक्ता स्वागत नेपाललाई साइबर ब्युरोको बोलावट

टेकपाना टेकपाना

कात्तिक ४, २०८२ १०:२९

प्रधानमन्त्री कार्कीबारे भ्रम फैलाएको आरोपमा अधिवक्ता स्वागत नेपाललाई साइबर ब्युरोको बोलावट

काठमाडौँ । प्रहरीको साइबर ब्युरोले अधिवक्ता स्वागत नेपाललाई सोधपुछका लागि बोलाएको छ । प्रधानमन्त्री सुशीला कार्कीबारे भ्रम फैलाएको आरोपमा अनुसन्धानका लागि उनलाई बोलाइएको हो । 

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले नेपालविरुद्ध परेको उजुरीका आधारमा उनलाई सामान्य सोधपुछका लागि बोलाइएको पुष्टि गरे । उनका अनुसार अत्यावश्यक नभएको र सामान्य सोधपुछ गर्नुपर्ने भएकाले नेपाल तिहारपछि ब्युरोमा उपस्थित हुनेछन् । 

नेपालले केही समयअघि सामाजिक सञ्जाल लगायतमा प्रधान न्यायाधीश समेत भइसकेकी कार्कीको आलोचना गरेका थिए । सोही अभिव्यक्तिलाई लिएर उजुरी परेपछि ब्युरोले अनुसन्धान अघि बढाएको हो । 

पेसाले अधिवक्ता रहेका नेपाल १५ चैतको राजावादी प्रदर्शनका क्रममा समेत पक्राउ परेका थिए ।

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०८२ १०:३०