close

देशभर जिली ईभीका १४ डिलरशिप शोरुम खुल्दै, बुटवल र विराटनगरमा एक महिनाभित्र सञ्चालनमा आउने

टेकपाना टेकपाना

कात्तिक १२, २०८२ ७:५

देशभर जिली ईभीका १४ डिलरशिप शोरुम खुल्दै, बुटवल र विराटनगरमा एक महिनाभित्र सञ्चालनमा आउने

काठमाडौँ । जिली ब्रान्डको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले अबको एक वर्षभित्र नेपालभर १४ वटा डिलर नियुक्त गर्ने भएको छ । देशका सातै प्रदेशमा दुई–दुईवटा डिलरशीप शोरुम स्थापना गर्ने योजना कम्पनीले बनाएको  हो । 

जिली ईएक्स५ मोडेल प्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणका कारण कम्पनी पहुँच विस्तारमा लागेको छ । गाडी विक्री, सेवा तथा स्पेयर पार्ट्समा सहज पहुँच सुनिश्चित गराउने उद्देश्यले एलआरआर मोटर्सले देशैभर आफ्नो उपस्थिति विस्तार गर्न लागेको जनाएको छ । 

कम्पनीले रणनीतिक विस्तारको पहिलो चरणअन्तर्गत विराटनगर र बुटवलमा डिलर नियुक्त गरिसकेको छ । त्यहाँ एक महिना भित्र शोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने तयारी छ । 

नयाँ शोरुमहरूमा जिलीका सवारीसाधन, टेस्ट ड्राइभ, फाइनान्सिङ सुविधा, विक्रीपछिको सेवा र जेन्युन स्पेयर पार्ट्स सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

“सम्पूर्ण नेपालीहरूको घरदैलोसम्म नै जिली ईएक्स५ पुर्‍याउने उद्देश्यका साथ हामीले देशव्यापी डिलरशिप विस्तारको पहिलो चरणको योजना घोषणा गरेका हौँ,” एलआरआर मोटर्सका निर्देशक जीवनजङ्ग शाहीले भने, “हामीलाई विश्वास छ कि विराटनगर र बुटवलमा नयाँ डिलर शोरुम सञ्चालनमा आएपछि ग्राहकहरूले हाम्रो ब्रान्डको गुणस्तर, विश्वसनीयता र नवप्रवर्तनको वाचा आफ्नै सहरमा प्रत्यक्ष रूपमा अनुभव गर्नेछन् ।”

नेपाल भित्रिएको छोटो समयमै जिली ईएक्स५ ले स्थानीय ईभी पारखीहरूको मन जितिसकेको दाबी कम्पनीको छ । एलआरआर मोटर्सका विक्री विभाग प्रमुख अधिर श्रेष्ठले विस्तार योजना देशभरका ग्राहक र सम्भावित डिलरहरूबाट प्राप्त अत्यधिक सोधपुछ र चासोको प्रतिक्रिया स्वरूप तयार पारिएको बताए । 

 

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०८२ ७:५