बोट ब्राण्डका ७ नयाँ प्रडक्ट एकैसाथ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता
कात्तिक १४, २०८२ ९:५६
काठमाडौँ । भारतीय अडियो तथा वेयरेबल ब्रान्ड बोटले नेपाली बजारमा एकैसाथ सात नयाँ उत्पादन सार्वजनिक गरेको छ । यससँगै नेपाली उपभोक्ताहरूका लागि अडियो, पावर बैंक र स्मार्ट ट्र्याकिङ सोलुसनहरूमा थप विकल्प उपलब्ध भएका छन् ।
कम्पनीले एयरडप्स, पार्टी स्पिकर, साउन्डबार, पावर बैंक, स्मार्ट ब्लुटुथ ट्र्याकर लगायतका उत्पादन नेपाली उपभोक्ताका लागि विस्तार गरेको हो । यी सबै उत्पादनहरूले बोटको सिग्नेचर साउन्ड क्वालिटी, आकर्षक डिजाइन र नवीनतम प्रविधिलाई समेटेको कम्पनीले जानकारी दिएको छ ।
१. बोट एयरडप्स १३१ जेन २ (boAt Airdopes 131 Gen 2)
७० घण्टासम्मको प्लेब्याक समय, ENx™ टेक र BEAST™ मोडका साथ यो वायरलेस इयरबड्स अडियो प्रेमीहरूका लागि उत्कृष्ट विकल्प भएको कम्पनीको भनाइ छ । यसको आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनले प्रयोगकर्ताहरूलाई बेजोड अनुभव प्रदान गर्ने बताइएको छ ।
इयरबड्सले ७० घण्टासम्म लामो प्ले टाइम दिन्छ भने यसमा रहेको ‘ASAP’ चार्ज सुविधाले मात्र १० मिनेटको चार्जमा ३०० मिनेटसम्मको प्ले टाइम प्रदान गर्ने कम्पनीको भनाइ छ । दराजमा २,८९९ रुपैयाँमै उपलब्ध यो उत्पादनमा एक वर्षको ब्रान्ड वारेन्टी रहेको छ ।
२. बोट एयरडप्स लुप (boAt Airdopes Loop)
फिटनेसमा रुचि राख्नेहरूका लागि डिजाइन गरिएको यो एयरडप्स सुरक्षित फिटका साथ आउँछ । ५० घण्टाको प्लेब्याक, ENx™ टेक, ब्लुटुथ भर्सन ५.३ र ASAP™ चार्ज यसका मुख्य विशेषता हुन् ।
सक्रिय जीवनशैली भएकाहरूका लागि यो एक आदर्श साथी बन्न सक्ने कम्पनीको विश्वास छ । दराजमा ४,८९९ रुपैयाँमै उपलब्ध यो उत्पादनमा पनि एक वर्षको ब्रान्ड वारेन्टी रहेको छ ।
३. बोट पार्टीपल ६३ प्रो (boAt PartyPal 63 Pro)
यो स्पिकरले ३० वाटको शक्तिशाली आउटपुट पावरका साथ बोट सिग्नेचर साउन्ड प्रदान गर्दछ । पार्टीको माहोललाई थप रमाइलो बनाउन यसमा आरजीबी एलईडी लाइटहरू छन्, जसका चार फरक इफेक्टहरू तपाईंले म्युजिकको तालमा मिलाउन सक्नुहुन्छ । यसमा वायरलेस माइक्रोफोन पनि समावेश छ । कनेक्टिभिटीको कुरा गर्दा यसमा ब्लुटुथ भर्सन ३ का साथै AUX, USB र TF कार्ड पोर्टहरू उपलब्ध छन् ।
यो स्पिकरले एक पटकको फुल चार्जमा ८ घण्टासम्म म्युजिक प्लेब्याक टाइम दिन्छ । यसको अर्को महत्त्वपूर्ण विशेषता भनेको टीडब्लूएस (True Wireless Stereo) मोड हो । जसले दुई ओटा (PartyPal 63 Pro) स्पिकरलाई वायरलेस रूपमा जोडेर दोब्बर प्रभावकारी अडियो अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । साथै, आईपीएक्स फोर पानी प्रतिरोधी क्षमताको कारणले यो पसिना र पानीको छिटाबाट सुरक्षित रहने बताइएको छ । यो उत्पादनको बजार मूल्य १३ हजार १९९ रुपैयाँ राखिएको छ ।
४. बोट आभान्टे बार ९५० (boAt Aavante Bar 950)
यो होम अडियो साउन्डबार तपाईंको मनोरञ्जन अनुभवलाई बढावा दिन डिजाइन गरिएको हो । यस साउन्डबारले ४० वाटको शक्तिशाली आउटपुट क्षमता र बोट सिग्नेचर साउन्डसहित डिप बास र हाई ट्रेबलको अनुभव प्रदान गर्दछ । यसमा ५८ एमएमको ड्राइभर साइज र २.० च्यानल सबउफर समावेश छ, जसले गर्दा भिजुअलहरू थप जीवन्त र गतिशील लाग्ने कम्पनीको भनाइ छ ।
पोर्टेबिलिटीलाई ध्यानमा राखी डिजाइन गरिएको यो साउन्डबार हल्का छ । यात्रामा पनि लैजान सकिन्छ। कनेक्टिभिटीको कुरा गर्दा यसले ब्लुटुथ भर्सन ३ का साथसाथै AUX र USB पोर्टहरूको सुविधा प्रदान गर्दछ ।
एक पटकमा ४ घण्टासम्म चार्ज गरेपछि यसले ७ घण्टासम्म निरन्तर प्लेब्याक समय दिने बताइएको छ ।
टीडब्लूएस फिचर, आरजीबी लाइट र इन-बिल्ट माइकसहितको यो साउन्डबारले घरमै सिनेमाको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । नेपाली बजारमा यसको मूल्य ६ हजार ९९९ रुपैयाँ राखिएको छ ।
५. बोट इनर्जीस्रुम पीबी ३०० लाइट (boAt Energyshroom PB300 Lite)
यो १०,००० एमएएच क्षमताको शक्तिशाली र पोर्टेबल पावरबैंक हो । यसले २२.५ वाट फास्ट चार्जिङ सुविधा प्रदान गर्छ । जुन २ ओटा यूएसबी-ए आउटपुट पोर्ट र एउटा टाइप-सी टू-वे पोर्ट मार्फत उपलब्ध छ ।
एकै पटकमा तीन ओटा डिभाइसहरूलाई चार्ज गर्न सक्छ । यसको १७ एमएम पातलो र २५५ ग्राम हल्का वजनका कारण यसलाई जताततै बोक्न धेरै सजिलो हुन्छ । स्लीक एल्युमिनियम केसिंगले उत्कृष्ट टिकाउपन तथा आकर्षक लुक्स दिने कम्पनीको भनाइ छ ।
यस पावर बैंकमा १२-तहको स्मार्ट आईसी प्रोटेक्सन सुविधा छ, जसले ब्याट्री ओभरचार्ज, ओभर-डिस्चार्ज, सर्ट सर्किट र अन्य जोखिमहरूबाट तपाईंको डिभाइसलाई पूर्ण सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीले यसको बजार मूल्य दुई हजार ३९९ रुपैयाँ तोकेको छ ।
६. बोट इनर्जीस्रुम पीबी ३३१ म्याग्ना चार्ज (boAt Energyshroom PB331 Magnacharge)
एउटा बहुउपयोगी १०,००० एमएएच क्षमता भएको पावर बैंक हो । जसले तार र ताररहित दुवै माध्यमबाट उच्च गतिको चार्जिङ सुविधा प्रदान गर्दछ । यसको सबैभन्दा ठुलो विशेषता भनेको १५ वाट म्याग्नेटिक वायरलेस चार्जिङ सर्फेस हो । जसले तपाईंको डिभाइसलाई बलियो चुम्बकीय पकडका साथ सुरक्षित रूपमा जोडेर फास्ट चार्ज गर्ने कम्पनीले जनाएको छ । यसका लागि ‘MagnaCharge Ring’ निःशुल्क उपलब्ध गराइएको छ ।
वायरमार्फत चार्ज गर्नका लागि यसमा २२.५ वाटको फास्ट चार्जिङ क्षमता छ । यसमा एउटा यूएसबी टाइप-सी टू-वे पोर्ट (इनपुट र आउटपुट) र एउटा यूएसबी-ए आउटपुट पोर्ट छ । जसले गर्दा तपाईंले एकै पटक धेरै डिभाइसहरूलाई फास्ट स्पिडमा चार्ज गर्न सक्नुहुन्छ ।
यो पावर बैंक १०८ एमएम x ७० एमएम x १९ एमएमको कम्प्याक्ट साइजमा उपलब्ध छ र यसमा १२-लेयरको ‘Smart IC Protection’ सुविधा छ । यो एक वर्षको डोमेस्टिक वारेन्टी सहित उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य चार हजार ५९९ रुपैयाँ रहेको छ ।
७. बोट-ट्याग (boAt-TAG)
बोट ट्याग एउटा सानो र प्रभावकारी ब्लुटुथ आइटम फाइन्डर हो । यसले तपाईंलाई हराएका सामानहरू जस्तै स्मार्टफोन, वालेट, चाबी वा झोलाहरू पत्ता लगाउन मद्दत गर्दछ । बोट ट्यागलाई आफ्नो सामानमा जोडेपछि तपाईंले ‘Google Find Hub App’ मार्फत तिनीहरूको अन्तिम देखिएको स्थान म्यापमा हेर्न सक्नुहुन्छ ।
सामान हराएमा यसको इन-बिल्ट ८० डीबीको ठुलो अलार्म बजाएर नजिकैको स्थान पत्ता लगाउन सकिन्छ । यो ट्याग ‘Google Find Hub’ सञ्जालसँग मिल्दो छ, जसले गर्दा धेरै एन्ड्रोइड डिभाइसहरूको व्यापक नेटवर्क प्रयोग गरी हराएको वस्तु जुनसुकै बेला, जहाँसुकै पनि पत्ता लगाउन सम्भव हुन्छ । यसका लागि कुनै सिम कार्ड आवश्यक पर्दैन ।
साथै, यस ट्यागले तपाईंको गोपनीयता र सुरक्षालाई प्राथमिकता दिने कम्पनीको भनाइ छ । यसमा विभिन्न ट्र्याकर अलर्टहरू समावेश छन् । यस ट्यागमा समावेश गरिएको ब्याट्रीले एक वर्षसम्म टिक्ने हुनाले बारम्बार ब्याट्री फेरिरहनु पर्ने चिन्ता हुँदैन । कम्पनीले नेपाली उपभोक्तालाई यो ट्याग तीन हजार १९९ रुपैयाँ उपलब्ध गराउने भएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १४, २०८२ १०:१७
